Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा यो पटक धान उत्पादनमा कमि आउने

Published on 1:25:00 AM //

असार १५ गुल्मीमा कसरी मनाइयो त? फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुहोस् ।
असार १५ गुल्मीमा कसरी मनाइयो त? फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुहोस् ।  

जनार्दन घिमिरे
गुल्मी, १५ असार । जिल्ला कृषि विकास कार्यालय गुल्मीले नवौं राष्ट्रिय धान दिवशको अवशरमा आज धान महोत्सव गरिएको छ । धान खाद्य सुरक्षाकोलागि वरदान, भन्ने नाराका साथ कृषि कार्यालयको आयोजना र तम्घास र अर्खले गाविसको सहआयोजनामा आज गुल्मीको अर्खले गाउँ विकास समिति अन्तर्गत रोईदी फाँट र अमरपुर गाविसको चौरासी फाँटमा धान रोपि उक्त महोत्सव सम्पन्न भएको हो । धान महोत्सवको अवशरमा सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमख तथा प्रतिनिधि, स्थानीय आमा समुह र सर्वसाधारणको सहभागिता रहेको थियो । स्थानीय संस्कृति र परम्परालाई जोगाउँदै पंचेवाजा र असारे गीतको तालमा महोत्सव मनाईएको थियो । जिल्लामा असार पन्ध्रमा दही चिउराको साथमा चामलको पिठो पकाएर खाने प्रचलन रहेको छ ।
जिल्ला कृषि विकास कार्यालय गुल्मीले आयोजना गरेको धान महोत्सवको अवशरमा धान
रोप्नका लागि विउ काढ्दै महोत्सवमा सहभागि महिलाहरु । तस्विर ः जनार्दन घिमिरे
यस पटक गुल्मीमा रासायनीक मलको आपुर्ति सहज नभएका कारण धान रोपाईमा कमि आएको जिल्ला कृषि विकास कार्यालय गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत डा.नरहरीप्रसाद घिमिरेले वताए । घिमिरेका अनुसार गत वर्ष असार पन्ध्रमा जिल्लामा ५० प्रतिशत रोपाई सकिएकोमा यसपटक भने ३० प्रतिशत मात्र खेतमा रोपाई भएको वताए । गत वर्ष गुल्मीमा २१ हजार ८ सय ९२ मेट्रिकटन धान उत्पादन भएकोमा यस पटक भने रासायनिक मलको सहज आपूर्ति नभएका कारण किसानहरुले समयमा धान रोप्न नपाउँदा धानको उत्पादनमा कमि आउने कार्यालयले जनाएको छ । गुल्मीमा चार सय पचास हेक्टर क्षेत्रफलमा चैते धान र दश हजार ४६ हेक्टर क्षेत्रफलमा बर्खे धान उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग