Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वर्गिय पिताको स्मृतिमा छात्रबृत्तिकोष

Published on 12:31:00 AM //


भरत पाण्डेय
आफ्ना स्वर्गीय पिताको नाममा यहाँका एक समाजसेवीले आफूले बाल्यकालमा अध्ययन गरेको विद्यालयमा छात्रबृत्ति कोष स्थापना गरीदिनुभएको छ । जैसीथोक गाविसको पाञ्चायन उच्च माविमा अनुशासित विद्यार्थीलाई पुरस्कृत गर्ने गरी गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोखरेलले ५० हजार रुपैयाँको छात्रबृत्ति कोष स्थापना गरीदिनुभएको हो । जैसीथोक ९ रौताडी जन्मिएर हाल तम्घास १ मा बसोबास गर्दै आउनुभएका पोखरेलले बुवा स्वर्गीय फर्सुराम पोखरेलको संझनामा फर्सुराम स्मृति छात्रबृत्ति कोष स्थापना गरीदिनुभएको हो ।
विद्यालयमा आयोजीत एक भव्य कार्यक्रममा पोखरेलले अक्षयकोषको व्याजबाट हरेक वर्ष विद्यालयका अनुशासनमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरीने बताउनुभयो । छात्रबृत्ति कोष स्थापना गरेर विद्यालयमा राम्रो काम गरेको भन्दै विद्यालय र जैसीथोक गाविसले उहाँलाई फूलमालाले स्वागत गरेका थिए ।
स्वर्गीय फर्सुराम पोखरेल जैसीथोक गाविसको पूर्व कार्यबाहक प्रधान पञ्च, गाउँ पञ्चायत सदस्य, विद्यालयको व्याबस्थापन समिती सदस्य र बरीष्ठ समाजसेवी हुनुहुन्थ्यो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग