Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी उधोग वाणिज्य संघको आयोजनामा पर्यटन भ्रमण

Published on 12:52:00 PM //


गगनशिला खड्का
गुल्मी ३ असार ।  जिल्लाको पर्यटन विकासको क्षेत्रमा लागी परेको गुल्मी उद्योग वाणिज्य संघले जिल्लाका सरोकारवालाहरुलाई विभीन्न पर्यटकिय स्थानको अवलोकन भ्रमण गराएको छ । जिल्लाको पर्यटन विकासका संभावित स्थानको अवलोकन र नयाँ योजनाहरु निर्माण गर्नको लागी ध्यान केन्द्रित गर्न जिल्लाका राजनैतिक दल, उद्योगी व्यापारी र पत्रकारहरुलाई गुल्मी र बाग्लुङ्गका विभीन्न स्थानको अवलोकन भ्रमण गराएको हो ।
प्रचार अभावमा ओझेलमा परेको प्रशिद्ध रुद्रवेणी धाम, कफि खेतीको शुरुवात भएको आँपचौर, छुट्टै संस्कृती बोकेको पर्यटकिय गुरुङ्ग बस्ती कुर्घाको स्वाँवा हुँदै बाग्लुङ्गको ढोरपाटन सम्मको अवलोकन भ्रमण गरीएको हो ।
भ्रमण टोलीमा संलग्न राजनैतिक दल, सरकारी कार्यालयका प्रमुखहरु र व्यावसायीहरुले जिल्लाको पर्यटन विकासका लागी सहयोग पु¥याउन महत्वपूर्ण काम गर्ने प्रतिवद्धता जनाएका छन् । पर्यटनको संभावना बोकेका धेरै ठाउँ हुँदाहुँदै पनि बेलैमा ध्यान पु¥याउन नसकेकोले पछाडी परेको हुँदा यसका लागी आफ्नो क्षेत्रबाट योगदान गर्ने उनीहरुले प्रतिवद्धता जनाएका हुन् । जिल्लामा अव विकासका योजनाहरु बनाउँदा पर्यटन विकासको लागी सहयोग गर्ने राजनैतिक दलहरुले प्रतिवद्धता जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष भरत बहादुर चन्दले बताउनुभयो ।
भ्रमण दलको एकटोली जिल्लाभित्रका विभीन्न स्थानको अवलोकन पछि फर्किएको थियो भने एक टोली बाग्लुङ्गको ढोरपाटन सम्म पुगेको थियो ।
गुल्मी उद्योग वाणिज्य संघको नेतृत्वमा भएको भ्रमणमा जिल्लाभित्र र बाहीर पुग्नेहरुमा  एकीकृत नेकपा माओवादीका सह ईन्चार्ज निमकानत डाँगी जितजंग, एमाले अध्यक्ष बोम बहादुर खड्का, राष्ट्रिय जनमोर्चाका जीवन राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष भरत बहादुर चन्द, कालीदत्त गुल्मका गुल्मपति सन्तोष कुमार थापा, जिल्ला बन कार्यालयका प्रमुख शिव शर्मा, राष्टिय अनुसन्धानका प्रमुख विमल डंगोल, जिल्ला पशुसेवा कार्यालय प्रमुख डा. हरी बहादुर कुँवर, रुरु रेसुङ्गा पर्यटन तथा संरक्षण विकास समितीका अध्यक्ष निम बहादुर पाण्डे, दुग्ध उत्पादक संघका केन्द्रिय सदस्य भुपाल पोखरेल, पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, सचिव भरत पाण्डेय, प्रेस यूनियनका केन्द्रिय सदस्य जनार्दन घिमीरे, सञ्चारीका समूहका अञ्चल सदस्य गगनशिला खड्का लगायत रहनु भएको थियो ।
त्यसैगरी गुल्मी उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष कृष्ण प्रसाद पोखरेल, बरीष्ठ उपाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, उपाध्यक्ष दुर्गा प्रसाद पाण्डे, महासचिव कृष्ण प्रसाद पोखरेल, कोषध्यक्ष गोमराज श्रेष्ठ, सचिव तारा प्रसाद भुसाल, सदस्यहरु ईश्वरी प्रसाद पौडेल, विरेन्द्र भुसाल, मनिराम अर्याल, मृगेन्द्र प्रसाद श्रेष्ठ, राम प्रसाद पन्थी, श्याम कुमार पाण्डे, कृष्ण पोखरेल, जंग बहादुर कुँवर र वाणिज्य संघका सचिव नृपलाल पाण्डे रहनुभएको छ ।
त्यसैगरी सरकारी कार्यालको तर्फबाट प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, स्थानिय विकाश अधिकारी हरी प्रसाद ज्ञवाली, प्रहरी नायव उपरीक्षक राजकुमार बैदवार, जिल्ला कृषि विकाश कार्यालयका प्रमुख डा. नरहरी प्रसाद घिमीरे, नेपाली काँग्रेसका उपसभापति  भुवन श्रेष्ठ गुल्मीका विभीन्न स्थानको अवलोकन भ्रमणमा सहभागी हुनुभएको थियो । भ्रमण निकै उपलब्धिमूलक भएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोखरेलले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग