Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोपहुन लागेको नौमति वाजा संरक्षणका लागी वाजा वजाउने प्रतियोगिता

Published on 1:18:00 PM //


विष्णु पौडेल
२८ जेठ, गुल्मी लोप हुन थालेको नौमति वाजाको संरक्षण तथा विकास र विस्तारको लागी गुल्मीको छापाहिलेमा नौमति वाजा प्रतियोगिताको आयोजना गरिएको छ । सांस्कृतिक विविधताले धनी गुल्मी जिल्लाका विभिन्न स्थानको मुख्य चिनारीको रुपमा रहेको नौमति तथा पञ्चेवाजा लोप हुन थालेपछि प्रतियोगिताको आयोजना गरिएको हो । युवा पुस्ताहरुको यसप्रति आकर्षण नवढ्नु तथा आयश्रोतको भरपर्दो साधन वाजा नभएकाले नौमति वाजा प्रतिको मोह घट्दै गएको वुढापाकाहरुको भनाई छ ।
यस्तो लोपउन्मुख अवस्थामा पुगेको पञ्चे तथा नौमति वाजाको संरक्षणको लागी नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको युवा साझेदार कार्यक्रम अन्तर्गत एकीकृत ग्रामिण विकास समाज गुल्मीले नौमति वाजा वजाउने तथा नृत्य प्रतियोगिता आयोजना गरेको हो । घमिर, अर्जे र छापाहिले गाविस विच भएको नौमति वाजा वजाउने प्रतियोगितामा अर्जे गाविस प्रथम भएको छ । प्रतियोगितामा छापाहिले गाविसले द्धितीय र घमिर गाविसले तृतीय स्थान हासिल गरे । प्रतियोगितामा उत्कृष्ठ हुने गाविसलाई नगद रु ८ हजार सहित प्रमाणपत्र पदान गरिएको संस्थाका अध्यक्ष गणेश श्रीपालीले जानकारी दिनुभयो । उहाँले नौमति वाजालाई व्यवासायिक रुपमा अगाडि वढाई यसतर्फ युवाहरुलाई आकर्षित गर्न सके पञ्चे तथा नौमति वाजा संरक्षणमा दुईमत नभएको वताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग