५५ वर्षपछि विद्यालयलयले शौचालय पायो
Published on
4:45:00 PM //
पि.एम.मगर
गुल्मी, जेठ २६, सामान्यतया जिल्लाका हरेक विद्यालय स्थापना भएको ५-७ वर्षमै शौचालय लगायतको भौतिक पुर्वाधार पुरा हुने गरेपनि गुल्मीको एक विद्यालयले ५५ वर्षपछि वल्ल एउटा शौचालय पाएको छ। त्यो पनि जिल्ला शिक्षा कार्यालयबाट नभई अर्कै एक योजनाबाट परेको हो।
यसरी ५५ वर्षपछि शौचालय पाउने विद्यालय नयाँगाउँ गाविसको वार्ड नं. ९ मा रहेको साउनेथुम प्राथमिक विद्यालय रहेको छ। खुल्ला दिसामुक्त क्षेत्र घोषणाका लागि खानेपानी तथा सरसफाई कार्यक्रम परेपछि बल्ल त्यस विद्यालयले २ कोठे शौचालय पाएको हो। २०१२ सालमा स्थापना भएको शो विद्यालयलाई हालसम्म जिल्ला शिक्षा कार्यालय र स्थानीय राजनीतिक दलले शौचालय पार्ने कोशिष नगरेका कारण विद्यार्थी सहित आफु शिक्षकहरु समेत जङ्गलमा दिसापिसाव गर्न वाध्य भएको प्रधानाध्यापक तुलसीराम मरासिनीले जानकारी गराए।
