Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाजद्वारा पौडेललाई बिदाई

Published on 10:16:00 PM //

दोहा, कतार
गुल्मी सेवा समाज दोहा कतारले यसका निबर्तमान अध्यक्ष लक्ष्मण पौडेललाई एक कार्यक्रमका बिच बिदाई गरेको छ । लामो बिदेश बसाँई पछी नेपाल फर्किन लाग्नुभएका पौडेललाई समाजले गत २८ मे तारिखका दिन दोहा स्थित टप फ्रम रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो । सोही अवसरमा पौडेलले समाजलाई पुर्‍याउनुभएको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गर्नुका साथै खादा ओढाएर सम्मान पनि गरेको थियो ।
कार्यक्रममा सहभागीहरुले उँहाको नेपालमै रहेर केही गर्ने सपना साकार होस् र उँहाले चालेका हरेक पाइलाहरुले सफलता पाईरहुन भन्ने कामना गरेको समाजका सचिब सुरेश बोहोराले गुल्मीन्युजलाई जानकारी गराउनुभयो । पौडेल समाजको स्थापनाकाल देखी नै बिभिन्न समय परिस्थितिहरुमा सँस्थाको सदस्य, सचिब, अध्यक्ष, सल्लाहकार हुँदै तथा चौथो साधारण सभामार्फत दोश्रो पटक अध्यक्षमा चयन भई कार्यभार सम्हाल्दै आउनु भएको थियो । उहाँ गुल्मी जिल्ला तुराङ्ग ३ स्थाई बासिन्दा हुनुहुन्छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग