Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाल्पामा बस दुर्घटना, ३५ बढी घाइते, पशुसेवा प्रमुखको बाइक किच्यो

Published on 5:23:00 PM //

पाल्पा, जेठ २८, पाल्पाबाट बुटवल जाँदै गरेको लु१ख ३८०२ नम्बरको बस तानसेन नगरपालिका-९ लामडाँडामा दुर्घटना भएको छ । बसमा सवार ४० मध्ये ३५ यात्रु घाइते छन् । बस बाटोबाट २० मिटर तल खसेको हो ।
दुर्घटनाग्रस्त यात्रुबाहक बस ।  तस्बिर: टेकनारायण भट्टराई
घाइतेको पाल्पा स्थित मिसन अस्पताल र लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको छ । तीब्र गतिमा रहेको र विपिरत दिशाबाट आएको बाइकसंग ठोक्किएपछि नियन्त्रण गुमाएको थियो । बाइकमा सवार जिल्ला पशु सेवा कार्यालय पाल्पाका प्रमुख तुल्सीराम भणडारी गम्भीर घाइते छन् । उनी सवार सरकारी बाइक कच्याककुचुक्कै भएको छ भने भण्डारीको दायाँ खुट्टा किचिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग