Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नौमति बाजा बजाउने प्रतियोगिता सम्पन्न (फोटो फिचर)

Published on 5:55:00 PM //

घनश्याम गौतम
गुल्मी– शिरमा ढाका टोपी, शरिरमा एकै खालको सफारी सुट लगाएका, सबैका साथमा भएका छुट्टाछुट्टै तालमा बज्ने नौ थरी बाजा । उमेरले झण्डै ५० नाघेका ३० जनाको समुहले शनिवार पश्चिमी क्षेत्रका दुर्गम अर्जै, घमिर र छापहिलेका सर्वसाधरणलाई बर्षौपछि निकै खुशी बनायो । प्रतियोगिताका लागि आएका ९ जनाको नौमति बाजा समुहले झण्डै एक सयजनालाई तिन घण्टासम्म नचायो । बर्षौपछि गाउ“मा सुनिएको नौमतिबाजाको तालमा नाच्नका लागि १२ बर्षे किशोरकिशोरी देखि ७० बर्षेबृद्धबृद्धा समेत कस्सिए । नौमतिबाजा समुहले ४ हजार भन्दा बढी जनसमुदायलाई नाचौं नाचौं गरायो ।

ओल्लो गाउँमा बजाउँदा पल्लो गाउँमा विवाह, उत्सव, पर्व वा शुभकार्यको संकेत समेत दिने नौमति बाजा शहर र गाउ“बाट समते हराउ“दै जानथालेपछि दुई संस्थाले त्यसको प्रवर्धन, संरक्षण र विकासका लागि पहल शुरु गरेका छन् । जिल्लाकै दुर्गम मानिने पश्चिमी क्षेत्रमा नौमति बाजा संरक्षणका लागि आयोजना गरिएको बाजा प्रतियोगिता हेर्न शनिवार त्यस क्षेत्रका ४ हजार भन्दा बढी सर्वसाधरण समेत घण्टौं पैदल हिडेंर छापहिलेमा आएका थिए । ‘बाजा र नाच हुँदैछ भन्ने सुनेर दुई घण्टा पैदल हिंडदै आएकी हुँ, घमिरकी मनमाया परियारले भनिन्, ‘मेरा बाबु बाजेले बजाउने गरेको बाजा आजभोली सुन्ने छोडियो, त्यसैले धेरै वर्षपछि सुन्न आएकी ।’ ६० वर्षिय मनमायाले गाउँमा पञ्चेबाजा बज्न छोडेको धेरै वर्ष भएको बताईन । नौमति बाजाका ताल निकाल्न जान्नेहरु घट्दै जानु र युवा पुस्ताले चासो नदिंदा गाउ“घरे पुराना नौमति बाजा र धुन लोप हुँदै जान थालेका हुन । शहरसंगै ग्रामिण क्षेत्रबाट समेत लोपोन्मुख बन्दै गएपछि एकिकृत ग्रामिण विकास समाज र जनविकास केन्द्रले यसको संरक्षण र प्रवर्धनमा चासो देखाएका हुन् । समाजले गतवर्ष समेत नौमति बाजा प्रतियोगिता गराएको थियो भने केन्द्रले यसै वर्ष देखि प्रवर्धन शुरु गरेको छ ।
नौमति बाजा संरक्षण र परम्परागत संस्कृतिको जगेर्नाका लागि पहल शुरु गरिएको जनविकास केन्द्रका अध्यक्ष भुपाल पोखरेलले बताए । दशक अघिसम्म जिल्लाका ७९ वटै गाविसमा ‘झ्याँईझ्याँई’ बज्ने बाजा आजकल गाउ“का केही घरहरुमा संग्राहालयमा परिणत भएका छन् । तै पनि नौ थरी बाजा भने भेट्नै नसकिने अवस्था आएपछि संरक्षणका लागि पहल शुरु गरिएको एकिकृत ग्रामिण विकास समाजका अध्यक्ष गणेश श्रीपालीले बताए । ‘नया“ पुस्ताको आधुनिकतासंगै नौमति बाजाहरु गाउँबेसीबाटै हराउन थालेपछि संरक्षणका लागि पहल शुरु गरेका छौं ।’, समाजका अध्यक्ष श्रीपालीले भने, ‘यसको संरक्षण र संस्कृति जगेर्नाका लागि विद्यालय देखि नै यसको महत्व र धुन सिकाउनु जरुरी छ ।’
बाजा बजाउन प्रतिस्पर्धामा भाग लिनेहरुका लागि समाजले यस वर्ष पोशाकको समेत व्यवस्था गरेको थियो । युवा पुस्तालाई सुहाउने गरी सफारी सुट उपलब्ध गराएको भएपनि प्रतियोगितामा भाग लिन आएका सबै सहभागीहरु ५० वर्ष उमेर काटेका थिए । ‘अहिलेका केटाहरुले तर बाजा बजाउनै बिर्सिसके’, छापहिलेका ५६ वर्षिय थम्मन परियारले भने, ‘अब नौमति बाजाको संरक्षण शुरु नगर्ने हो भने हाम्रो संस्कृति नै रहँदैन ।’
शनिवारको नौमति बाजा प्रतियोगितामा अर्जै प्रथम, द्धितिय छापहिले र तृतिय घमिर गाविस भएका थिए । प्रतियोगितमा प्रथम हुनेले ८ हजार, द्धितियले ६ हजार र तृतियले ५ पुरस्कार प्राप्त गरे । प्रतियोगिता हेर्न छिमेकी गाविसहरुबाट समेत सर्वसाधरणहरु छापहिलेमा आएका थिए ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग