Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वास्थ्यकर्मी डान्स पार्टिमा मस्त: स्वास्थ्य चौकीहरुमा मिति सकिएका औषधि

Published on 1:18:00 PM //



पर्वत असार १ । अस्पतालको आपात्कालीन लगायत बहिरंग सेवा समेत प्रभावित हुनेगरी पर्वत अस्पतालका स्वास्थ्यकर्मीहरु नृत्य भोज (डान्स पार्टी) मा लिप्त रहेको समाचार प्रकाशमा आईरहेको बेला जिल्ला स्वास्थ्य कार्यालयबाट उपस्वास्थ्य चौकीहरुमा पठाएका औषधिहरु मिति सकिएका पाईएको छ । कार्यालयबाटै चौकीहरुलाई उपलव्ध गराईने औषधिहरु मिति सकिएको पाईएपछि सरोकारवालाहरुले गम्भीर आपत्ती जनाएका छन् ।

गत मंगलबार अस्पतालको अन्तरंग एवं बहिरंग सेवा समेत प्रभावित हुने गरी पर्वत जिल्ला अस्पताल भित्रै अस्पतालका डाक्टर लगायत सबै स्वास्थ्यकर्मीहरु मदिरा सहितको नृत्य भोजमा रमाएको अप्रिय समाचारले दुखित बनेका पर्वत जिल्लावासीहरु बिहिबार मिति सकिएको औषधि स्वास्थ्य चौकीहरुमा बितरण गरिएको समाचार प्रकाशमा आएपछि यस्तो जघन्य लापर्वाहीको दोषिहरुमाथि कडा कार्बाहीको माग गर्न थालेका छन् । अपस्तालको आकस्मिक कक्षसंग जोडिएको भवनमा रातभर रक्सी सहितको नाचगान भइरहँदा आकस्मिक कक्षमा बिरामीले डाक्टरको प्रतिक्षा गरिरहेका थिए । तर अस्पतालका डाक्टर सहितका कर्मचारी भने रक्सीमा मस्त हुँदै नाँचगानमा ब्यस्त थिए ।

अस्पतालका प्रमुख डाक्टर सागरराज राजभण्डारीले भने तालिमको समापनमा सामान्य कार्यक्रम भएको भन्दै त्यसलाई गम्भीर रुपमा नलिन आग्रह गरे । अस्पतालमा आयोजित एक तालिमको समापनको अवसरमा तालिमका सहभागिहरुले आफ्नै पैसा उठाएर पार्टी गरेको र त्यसले कसैलाई असर नपुर्‍याएको डाक्टर राजभण्डारी बताएको धौलाश्रीकर्मीले जनाएका छन् ।

त्यस नृत्य भोजको भिडियो समेत सदरमुकाममा सार्वजनिक भएको बताएपछि डा. राजभण्डारीले भिडियो सार्वजनिक गर्नेलाई कार्बाही गर्ने आक्रोश व्यक्त गर्दै डाक्टरहरुको पनि नीजी जीवन हुन्छ भनी झर्किएको धौलाश्रीकर्मीले बताएका छन् ।

उता पर्वतको दक्षिणमा पर्ने भोर्ले उपस्वास्थ्य चौकीमा कार्यालयबाट पुगेको औषधी खोल्दा म्याद सकिएको पाइएपछी स्थानीयवासी आक्रोशित बनेका छन् ।

गाउँ स्वास्थ्य समितिले जेठ २८ गते आइतबार औषधीको पोको खोल्ने बेला ७ वटा औषधी म्याद सकिएको पाइएको समितिका सदस्य तोया भुसालले जानकारी दिए । लिगनेट, एमोक्सीलिन, सिप्रोमेक्स,जीङ्क , एमोक्सीलिङ्ग सुप्रामोक्स, मेट्रोनाइजोल र अर्थाडिन अ‍ैषधी म्याद सकिएको पाइएको भुसालले बताए ।

धेरै जसो औषधीको अप्रिल जुन महिनामा नै म्याद सकिएको छ । ‘कार्यालयले बितरणका लागि पठाएको औषधी नै म्याद सकिएको पाइनु गम्भीर लापाबार्ही हो’ उनले भने सर्वसाधरणको स्वास्थ्य माथि खेलवाड भएको छ’ उपस्वास्थ्य चौकीमा पुगेको औषधी खोल्दा नै म्याद सकिएको पाइएकोले बितरण गर्न रोक लगाइएको छ ।

कार्यालयमा औषधी उपलब्ध गराउने ठेकेदारले म्याद सकिन लागेका औषधी दिने र कार्यालयले गाउँमा पठाउँदा समेत ढिलाई गर्ने भएकाले गाउँका अधिकाँश स्वास्थ्य संस्थामा म्याद सकिएपछि र म्याद सकिन केही दिन बाँकी रहँदा मात्र औषधी पुग्ने गरेको स्वास्थ्यकर्मी बताउँछन ।

जिल्लास्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. राजभण्डारीले उपस्वास्थ्य चौकीले तीन चार महिना पछि मात्रै औषधी कार्यालयबाट उठाएकाले म्याद सकिएको बताए । समयमा नै औषधी लिन नआएकाले म्याद सकिएको हो’ डा राजभण्डारीले भने ।

उप स्वास्थ्य चौकीबाट ढिला औषधि लिन आउनु गल्ती त थियो नै तर म्याद सकिएको औषधि चौकीलाई दिनु जिल्ला स्वास्थ्य कार्यालयको अक्षम्य अपराध थियो कि थिएन त्यसबारेमा छानविन गरिनु आवश्यक रहेको सरोकारवालाहरुले आवाज उठाईरहेका छन् ।

धौलाश्री डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग