Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादी बाहेकका पार्टीले संयुक्त विराध सभा गर्ने

Published on 5:40:00 PM //


घनश्याम गौतम
माओवादी वाहेकका अन्य दलहरुले शुक्रवार तम्घासको लाँकुरी मञ्चमा संयुक्त विरोध सभा गर्ने भएका छन् ।
नेपाली कांग्रेस, एमाले, जनमोर्चा, राप्रपाले विहिवार नेपाली कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै जेठ १४ गते मध्यरातमा प्रधानमन्त्री बाबुराम भट्टराईले चालेको कदमबाट आफुहरु स्तब्ध र मर्माहत भएको भन्दै त्यसको बिरुद्धमा विरोध सभा गर्न लागिएको दलहरुले बताए । प्रधानमन्त्रीले तत्काल लिखित रुपमै राष्ट्रपति समक्ष राजिनामा दिनुपर्ने दलहरुको माग छ । पत्रकार सम्मेलनमा उपस्थित नभएपनि नेकपा मालेको पनि विरोध सभामा समर्थन रहने पत्रकार सम्मेलनमा एमाले अध्यक्ष बोमबहादुर खड्काले जानकारी दिए ।
प्रधानमन्त्री कार्यकारी रहेपनि सहमतिय सरकारका लागि राजिनामा नै दिनुपर्ने नेपाली कांग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठले बताए । शुक्रवारको विरोध सभा सरकार विरुद्धको सांकेतिक मात्र भएको दलहरुले जनाएका छन् । त्यसपछि पनि भट्टराईले सहमतिका लागि बाटो खुल्ला नगरे थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने श्रेष्ठले जानकारी दिए ।
सदरमुकाम तम्घास र आसपासका गाविसहरुबाट सबै पार्टीका कार्यकर्ता सहभागी हुने विरोध सभामा कांग्रेस, एमाले, जनमोर्चा, राप्रपा, माले लगायतका दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने राप्रपाका सभापति भरतबहादुर चन्दले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग