Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शौचालय बाहिर दिशा गर्नेलाई गाविसले सिफारिस नदिने

Published on 6:20:00 PM //


घनश्याम गौतम
खुल्ला दिशामुक्त घोषणा गरेको जैसीथाक गाविसले शौचालय बाहिर दिशा गर्ने घरधुरीलाई गाविसस्तरका सबै सुविधाबाट बञ्चित गर्ने भएको छ । खुल्ला दिशामुक्त अभियान कार्यान्वयनका लागि यस वर्ष निर्माण भएका ३ सय ९२ घर सहित गाविसका ६ सय १० घर धुरीमै गाविसले घरजग्गा खरिद विक्रिका लागि आवश्यक पर्ने राजश्व शुल्क नलिने, खानेपानीको धारा जडान नगर्ने, सामुदायीक बन उपभोक्ताबाट हटाउने र घर परिवारको विवाह जन्म दर्ता लगायतका प्रमाणपत्र नदिने र कुनै पनि सिफारिस उपलब्ध नगराउने निर्णय गरेको हो । माओवादी राज्य समिति सदस्य समेत रहेका स्थानीय भुपाल पोखरेलले सरकारको अभियानलाई सहयोग पु¥याउने गरी खुल्ला दिशामुक्त गाविस घोषणा कार्यान्वयनका लागि सर्वपक्षिय बैठकबाटै यस्तो निर्णय लिईएको बताए ।
सबै घरधुरीमा अनिवार्य शौचालय निर्माण गर्न माघ महिना देखि नै अभियान शुरु गरिएको थियो । चार महिनाको अवधिमा ३ सय ९२ घरमा नयाँ शौचालय निर्माण गरिएको गाविस सचिव डिल्लीराज आचार्यले बताए । जैसीथोक जिल्लाको खुल्ला दिशामुक्त गाविस घोषणामा तेस्रो भएको छ । यस अघि अर्जै पहिलो र घमिर दोस्रो भएका थिए । जिविसले यस वर्षको जिल्ला परिषदबाट खुल्ला दिशामुक्त घोषणा गर्ने गाविसलाई १ लाख रुपैंया पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । जिविसको घोषणासंगै अर्जै र घमिर गाविसले पहिलो हुनका लागि प्रतिस्पर्धाका साथ कार्य शुरु गरेका थिए । दुई गाविस बिच भएको प्रतिस्पर्धाले दुवै गाविसमा तिन महिनामा अधिकांश घरधुरीमा नयाँ शौचालय निर्माण भएका थिए ।
घमिर गाविस सचिव राजु शर्मालेका अनुसार खुल्ला दिशामुक्त अभियान संचालन गरेपछि तिन महिनामै ३ सय ७२ नयाँ शौचालय निर्माण भएको बताए । ७ सय ५० भन्दा बढी घरधुरी रहेको गाविसलाई जेठ ४ गते नै खुल्ला दिशामुक्त घोषणा गरिएको थियो । खुल्ला दिशामुक्त अभियान सफल पार्न एकिकृत ग्रामिण विकास समाजले संचालन गरेको स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रमले पनि सहयोग पु¥याएको सचिव शर्माले बताए । कार्यक्रम अन्र्तगत गठन भएका वडा नागरिक मञ्चहरुको सक्रियतामा अहिलेपनि घोषणा कार्यान्वयनका लागि अनुगमन भैरहेको छ । गाविसले पनि छुट्टै नियम बनाएर शौचालय बाहिर दिशा गर्नेहरुका लागि जरिवाना गर्ने तयारी गरेको शर्माले बताए ।
त्यस्तै जिल्लामै पहिलो बनेको अर्जै गाविसले शौचालय बाहिर दिशा गर्नेहरुलाई पहिलोपटकका लागि एक वर्षको ५ सय रुपैंया जरिवाना गर्ने निर्णय गरेको छ । हरेक वार्डमा टोल सुधार समिति गठन गरेर कारवाहीको जिम्मा दिईएको एकिकृत ग्रामिण विकास समाजका सामाजिक परिचालक शोभाखर गिरीले बताए । ‘शौचालयसंगै हरेक वार्ड र टोलमा फोहोर संकलनका लागि खाल्डो बनाउने र डोको राख्ने अभियान पनि चलाएका छौं’, गिरीले भने, ‘शौचालय बाहिर दिशा गर्ने र फोहोर गर्नेलाई पहिलो पटक ५ सय सम्म जरिवाना छ ।’ ६ सय १४ घरधुरी रहेको अर्जैमा खुल्ला दिशा मुक्त अभियान अन्र्तगत १ सय ८१ नया“ शौचालय निर्माण गरेर अर्जै गाविसलाई बैशाख २७ गते जिल्लाकै पहिलो खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको गाविस सचिव चिरञ्जिवी घिमिरेले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग