Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

'मल्ल होटेलको भान्छा फोहोर'

Published on 8:49:00 AM //


काठमाडौं, जेष्ठ २५ - बाणिज्य विभागको अनुगमन टोलीले होटल मल्लको भान्छा फोहर रहेको फेला पारेको छ । विभागका बजार निरीक्षण अधिकृत मोहनचन्द्र जोशीको संयोजकत्वमा गएको अनुगमन टोलीले लैनचौरस्थित उक्त होटलको भान्छा अब्यबस्थित र फोहोर फेला पारेको हो । 'तयारी खाद्य पदार्थ छोपेर नराखेको, डस्टबिन नछोपी राखेको, कामदारले क्याप नलगाएको, हात पुछ्ने रुमाल र टेबुल पुछ्ने कपडा सफा नभएको, भान्छा फोहोर रहेको,' विभागको विज्ञप्तिमा उल्लेख छ । टोलीले उक्त होटलमा नमुना परिक्षणका लागि २ जार खाने पानीको नमुना ल्याएको छ । टोलीले उक्त होटललाई अनुगमनमा देखिएका कैफियत सुधार गर्न र त्यसबारे विभागमा ७ दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न पनि निर्देशन दिएको छ ।

टोलीले मंलबारै भाटभटेनीस्थित रेग्मी स्टोर र हाँडिगाउँस्थित सूर्य स्टोरमा पनि अनुगमन गरेको छ । टोलीले रेग्मी स्टोरलाई सबैले देख्ने ठाउँमा मुल्य सूची राख्न, खाद्य र अखाद्य पदार्थ छुट्याएर राख्न र स्टोर ब्यबस्थित गर्न भनेको छ । त्यस्तै टोलीले सूर्य स्टोरमा फेला परेका ४ प्याकेट वाइवाइ भुजिया नष्ट गर्नुका साथै ७ दिनभित्र मुल्य सूची राख्न, लेवल नभएका सामाग्री नबेच्न र खाद्य र अखाद्य बस्तु छुट्याएर राख्न निर्देशन दिएको छ ।  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग