गुल्मीका टिमलाई पाल्पामा क्रिकेट उपाधी, बिरबासलाई प्रथम, रिडिलाई दोस्रो उपाधी
Published on
3:42:00 AM //
पाल्पा, जेठ २७, पाल्पाको आर्गलीमा सम्पन्न खुल्ला क्रिकेट प्रतियोगितामा गुल्मीको विरवास क्लब प्रथम भएको छ। गुल्मी रिडीकै अलफ्रेण्ड्स ग्रुप द्वितीय र अर्गलीको दीगोज्योती समाज परिवार तृतीय भएको छ। प्रथम, द्वितीय र तृतीय टिमले क्रमशः नगद दशहजार, सातहजार र चारहजार, मेडल, प्रमाण पत्र प्राप्त गरेका छन्।
प्रतियोगिताको फाइनल खेलमा म्यान अफ द म्याच विरवास क्लबका दिलिप चन्दन घोषित भए। म्यान अफ द सिरिज सुन्दर खासु, बेस्ट ब्याट्सम्यान पाल्पा भैरवस्थान टिमका पिंकु अन्सारी र बेस्ट बलर सुन्दर खासु भएका थिए। प्रतियोगिता आयोजक प्यारागन क्लव अर्गलीका अध्यक्ष नारायण सारुका अनुसार २० टिम प्रतियोगितामा सहभागी थिए। विजेतालाई पाल्पाका स्थानीय विकास अधिकारी कृष्णप्रसाद अर्याल, अर्गली गाविस सचिव तुल्सिराम पाण्डेले पुरस्कार वितरण र सम्मान गरेका थिए।

दैनिक पत्रीकाबाट