लगातारको बर्षाले रिडी-रुद्रवेणी सहित तीनदर्जन भन्दा वढी सडक अवरुद्ध
Published on
1:26:00 PM //
सीता भण्डारी
तीन दिनदेखि परेको अविरल बर्षाको कारण पहिरो जाँदा अवरुद्ध वनेको गुल्मीको रिडी-रुद्रवेणी सडक खण्ड पुर्ण रुपमा सुचारु हुन सकेको छैन । रिडी रुद्रवेणी सडक खण्ड अर्न्तगत ग्वादी गाविस ५ स्थित साँघुरेको भीर नजिकै शुक्रबार विहान सडक माथिवाट खसेको पहिरोले वाटो छेकेपछि उक्त सडक अवरुद्ध वनेको थियो । अवरुद्ध सडक सुचारु गर्न दिनभर उपभोक्ता समिति, गाविस र प्रहरीको सक्रियतामा कामदार लगायर पहिरो हटाउने प्रयास गरिएपछि एकतफिर्रुपमा सडक खुलेपनि पुर्ण रुपमा सुचारु नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

नेपालीको रेडियो डट कम डट एनपीबाट