Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तपस्वी रामबहादुर बम्जन सिन्धुलीको जंगलमा भेटिए

Published on 10:47:00 PM //


माधव देवकोटा
२३ असार, सिन्धुली । विभिन्न वितण्डा मच्चाएर बाराको हलखोरिया जंगलबाट गायब भएका तपस्वी रामबहादुर बम्जन सिन्धुलीको जनकल्याण सामुदायिक बनमा भेटिएका छन् ।

असार २ गते सिन्धुली आएका बताइएका बंजन शनिबार सदरमुकाम बाट करिव २ कि.मी.भित्र कमलामाई नगरपालिका-७ को जनकल्याण सामुदायिक बनमा सहयोगीका साथ भेटिएका हुन् । तपस्वीको पत्रकार सम्मेलन भनिएपनि पत्रकारसामु फोटो खिच्नमात्र केही मिनेटमात्रै उपस्थिती जनाएका थिए । पत्रकारहरुको जिज्ञासाको सहयोगी दर्शन लिम्बुले जवाफ दिएका थिए ।

बम्जन आफूले प्रप्त गरेका ज्ञानको लेखनकार्यमा ब्यस्तरहेको बताइएको छ । बनमा बिभिन्न सुचनाका बोर्डहरु र ध्वजाहरुका साथ सजिएको हृवाङ्ग्रे डाँडामा बनाइएको कुटीमा बस्दै आएका बम्जनले लिपीबद्ध गरेका ज्ञानलाई विभिन्न १७ भाषामा प्रकाशन गरिने उनका सहयोगीहरु बताउँछन् ।

बाराको हलखोरीया जंगलमा तपस्यामा बसेको भनिएका बम्जन र उनका समर्थकहरुको गतिविधि पछिल्लो समय विवादमा परेको थियो । उनका समर्थकले बुद्धका नाममा नागरिकता दिनु पर्ने माग राख्दै सडक आन्दोलन गरेका थिए भने चेकोस्लाभियाकी नागरीक मारिचीलाई बन्दक बनाएका थिए । त्यसक्रममा प्रहरीले जंगलको बीचमा भव्य भवन बनाएको तथा रुखहरु समेत काटिएको भेट्टाएपछि वम्जन गाएब भएका थिए ।

बम्जनका समर्थकहरुले भने तस्करहरुले जंगलफडाँनी र बन्यजन्तुको अवैध सिकार गर्न नपाएर पत्रकारहरु सामु भ्रम फैलाएर बिवादित बनाएको बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग