Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

इन्स्पेक्टर होटलको कोठाभित्र दुई युवतीसंग छिरेपछि…(भिडियो समाचार सहित)

Published on 8:14:00 PM //



पर्साका ट्राफिक प्रहरी प्रमुख लक्ष्मणसिंह ठकुरी बिहीबार वीरगन्जमा एक होटलको कोठाभित्र दुई युवतीका साथ   भेटिए । उनी कार्यालय समयमै ती युवतीसित बसेर मदिरा सेवन गरिरहेका थिए । बिहीबार दिउँसो ३ बजे स्थानीय सम्झना होटलको १०२ नम्बर कोठामा ट्राफिक इन्स्पेक्टर ठकुरी युवतीहरूसँग भेटिएका हुन् । उनी दिउँसो दुईबजे होटमा छिरेको र बाहिरबाट वियर मगाएको सम्झना होटलमा कामगर्ने कामदारले बताएका हुन् । उक्त होटलमा वियर नपाइने भएकाले ठकुरीले बाहिरको एक होटलबाट बियर किन्न होटलका कामदारलाई पठाएकको खबर सार्वजनिक भएको छ ।
होटलबालाले पत्रकारलाई खबर गरेपछि गएको टोली कोठामा छिर्दा तीनै जना खानपिनमा व्यस्त रहेका थिए । कोठाभित्र रहेका दुईवटा वेड अस्तव्यस्त थिए भने ठकूरी पत्रकारलाई देख्ने वित्तिकै बाहिरीएका थिए । होटलको दर्ता रजिष्टरमा काठमाण्डौंका सुनिता राना र छाया गुरुङ नाम भएका ती युवति सिमराका भएको बताईएको छ । उनीहरुसँग काठमाण्डौमा काम गर्दा चिनजान भएको र यहाँ आएको बेला भेटेको ठकुरीले बताएका छन् । आफैले होटल बुक गरेको बताउँदै ठकुरीले उनीहरुले आफुलाई भेट्न धेरै हत्ते गरेपछि गएको बताएका छन् । उनीहरु किन आएको भन्नेबारे नबुझेको पनि ठकुरीले बताए ।
होटलबाट बाहिरीएका युवतिले पनि आफुहरुलाई इन्पेक्टर ठकुरीले नै बोलाएको र उनैले होटलमा कोठा बुक गरेर राखेको बताएका थिए ।

भिडियो समाचार हेर्न तल क्लिक गर्नुहोला ।  


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग