रिडी-रुद्राबेणी सडक तीन दिनपछि संचालनमा
Published on
9:36:00 PM //
जनार्दन घिमिरे
गुल्मी, ६ साउन । वर्षाको कारण पहिरो जाँदा वुधवार रातीदेखि अवरुद्ध वनेको गुल्मीको रिडी-रुद्रवेणी सडक आज विहानदेखि संचालनमा आएको छ । डोजरको प्रयोगगरि सडकको पहिरो हटाएपछि उक्त अवरुद्ध सडक तीनदिनपछि मात्र आज संचालनमा आएको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक बिनीमादेव पौडेलले वताए । गुल्मीको रिडी रुद्रवेणी सडक खण्ड अन्तर्गत ग्वादी गाविस ५ स्थित साँघुरेमा गएको पहिरोले उक्त सडक अवरुद्ध वनेको थियो । अवरुद्ध सडक सुचारु भएपछि विच वाटोमा अलपत्र परेका यात्रु तथा सवारी साधनहरु आआफ्नो गन्तव्यमा लागेका छन् ।
