Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनमी छात्राहरुद्वारा स्वास्थ्य प्रर्दशनी

Published on 9:32:00 AM //


जनार्दन घिमिरे
गुल्मी, ५ साउन । तम्घास टेक्नीकल शिक्षालय गुल्मीका अध्यनरत अनमी छात्राहरुले हिजो शुक्रबार सदरमुकाम तम्घासमा एकदिने स्वास्थ्य प्रर्दशनीको आयोजना गरेका छन् । समाजमा स्वास्थ्य सम्वन्धि जनचेतनाको अभावमा मानिसहरु सामान्य कुरामा अपनाउनु पर्ने असावधानीका कारण मानिसहरु अनयासै विभिन्न रोगहरुको सिकार वन्नु परेको भन्दै कुरालाई प्रचारप्रसारको माध्यमवाट जानकारी गराउने उद्देश्यले उक्त प्रर्दशनीको आयोजना गरिएको हो ।


अनमी छात्राहरुले अध्यन गर्नेक्रमा वचेको समयलाइ सदुपयोग गर्दै उनीहरुले प्रर्दशनीमा राख्नकोलागि विभिन्न सामग्रिहरु जम्मा गरेर शिक्षालयको तर्फवाट पहिलोपटक यस्तो चेतनामूलक स्वास्थ्य प्रर्दशनी संचालन गरेका हुन् । सदरमुकाम तम्घास स्थित हाट वजारमा राखिएको उक्त प्रर्दशनीमा वातावरणीय सरसफाई, वालवालीकाहरुको शारिरीक तथा मानसिक विकासका लागि अपनाउनु पर्ने क्रियाकलापहरु, विभिन्न पौष्टिक तत्व युक्त खाने सामग्रिहरु, सुरक्षीत मातृत्व, परिवार नियोजनका अस्थायी साधनका फाईदा वेफाईदा लगायत विभिन्न पोष्टर र क्लीप चार्टहरु समावेश गरिएको थियो ।
कार्यक्रममा वोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.हरिवहादुर केसीले शिक्षालयका छात्राहरुले गरेको काम अत्यन्तै उपयोगि र समय सान्र्दभिक भएको भन्दै यस्ता प्रर्दशनीले मानिसहरुलाई कसरी रोग लाग्दो रहेछ र त्यसवाट कसरि वच्न सकिदो रहेछ भनेर जान्नको लागि सजिलो माध्यम भएको गुल्मीन्युज डट कमलाई वताउनु भएको थियो । उक्त प्रर्दशनीको दिनभर मानिसहरुले रुचीपुर्वक अवलोकन गरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग