Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फुटबलको उपाधी रेसुङगा क्लब र डब्लुटीएफलाइ

Published on 9:19:00 PM //


पिएम मगर,
गुल्मी, साउन २, गुल्मी सदरमुकाम तमघासमा सम्पन्न फुटबल प्रतियोगिता अन्तर्गतको फाइनल खेलमा पुरुष तर्फको उपाधी आयोजक रेसुङगा युवा क्लब र महिला तर्फको उपाधी डब्लुटीएफले हात पारेको छ।

आयोजक रेसुङगा युवा क्लवले फाइनल खेलमा रुरु फ्रेण्डस क्लव रिडीलाई ०-३ गोल अन्तरले पाखा लगाउदै उपाधी चुमेको हो। डव्लुटीएफले सिद्धबाबा उच्च माध्यमिक विद्यालयलाई हराउँदै उपाधि रक्षा गरेको हो। डव्लुटीएफले ० का विरुद्ध १ गोलले सिद्धबाबालाई हराएको थियो। डव्लुटीएफका अनिमा सर्तुङ्गी मगरले खेलको आधा समय सकिनै लाग्दा बललाई गोल पोष्टमा पारिन्। उनको गोल नै टिमलाई जिताउने निर्णायक गोल बन्यो।


बुधवारदेखि शुरु भएको प्रतियोगितामा पुरुष १७ र महिला ४ गरी २१ टिमको सहभागीता थियो। पुरुष प्रतियोगितामा प्रथम हुनेले १५ हजार नगद, कप, मेडल, प्रमाण पत्र र द्वितीयले ७ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे। महिला प्रतियोगितामा प्रथमले ५ हजार कप, मेडल र प्रमाणपत्र, र द्वितीयले ३ हजार मेडल प्रमाणपत्र प्राप्त गरे। प्रतियोगिता आयोजना गर्न रेसुङ्गा विकास बैँकले प्रायोजन गरेको थियो।
(दैनिक पत्रीका डट कमबाट)
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग