१२ वर्ष पछि बेवारीसे डोजर हटाईयो
Published on
12:42:00 AM //
अनिल खत्री
जिल्लामा थुप्रै सिडीओ-एलडियोहरु आए, गए कसैको ध्यान पुग्न सकेको थिएन तर यसपालिका सिडीओ-एलडीयोले भने ध्यान पु¥याएर १२ बर्षदेखि सडकमा बिग्रिएर बेवारीसे अवस्थामा रहेको डोजरलाई स्थानान्तरण गरेर ब्यस्त मोटरबाटो खाली गरेका छन ।
सदरमुकाम तम्घासको अति ब्यस्त सडक जिल्ला प्रसाशन कार्यालय अगाडि त्यत्तिकै थन्किएको डोजरलाई बुधबार सिडीओ, एलडीओ र डिएसपीको संयुक्त नेतृत्वमा सडक बिभागको स्काभेटर मगाएर प्रहरी जवानहरु तैनाथ गरि त्यहाँबाट उठाएर प्रहरी कार्यलय परिसरमा ब्यवस्थापन गरिएको हो । झण्डै डेढ दशकपछि उक्त डोजर हटाएपछि स्थानीयवासी बतावरण सुधार भएको भन्दै खुसी प्रकट गरेका छन । उक्त डोजर कहाँ, कसरी र कहिले ल्याइयो भन्ने तथ्याङ्क जिल्ला विकास समितीमा समेत नरहेको स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताए ।जनकपुर कृषी विकास कार्यालयबाट २०५८ सालतिर ल्याईएको सुन्नमा आएको छ, स्थानिय विकास अधिकारी ज्ञावलीले भने हेबी ईक्वीमेन्ट कार्यालय हेटौंडामा पत्र लेखिदैछ त्यहाँबाट पत्रको जवाफ आएपछि लिलाम बिक्री प्रकृया अगाडी बढाईनेछ । वर्षौदेखी बिच सडकमा डोजर थन्कीदा सडक साँघुरो एवं वातावरणमा समेत असर परेकोले आफूहरुको ध्यान पुग्न गएको प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले बताए ।
राणा कालिन अवस्थामा बनाईएको जिल्ला प्रशासन कार्यालय नयाँ बन्न लागेपछि प्रशासन कार्यालय सार्नका लागी तत्कालिन जिल्ला सभापती निवास मर्मत सम्भार गर्न थालिएको छ । ठाँटी पौवा जस्तो जिर्ण बन्दै गएको त्यस भवन समेत सिंगारेर चिटिक्क पारिएको छ । त्यसै भवन अगाडी थन्कीएको डोजरले समेत वषैपछि स्थानान्तरण हुने मौका पायो । स्थानियबासीलाई गत वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रममा डोजर हटाउन माग गरेको र यस वर्षको सर्वजनिक सुनुवाइ छिट्टै गर्न लागिएकोले आफुले दिएको आश्वासन पुरा गराउन उक्त डोजर हटाइएको प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।
बजारको बिच सडकमा पुरानो डोजर थन्किँदा बजारको सौन्दर्य बिग्रिएको र ट्राफिक समस्याका साथै वातावरणमा समेत असर परेकोले आफु आउने बित्तिकै त्यसमा ध्यान पुगेको बताउदै प्रमुख जिल्ला अधिकारी नेपालले यस कार्यमा सहयोग पु¥याउने जिल्ला विकास समिती, प्रहरी कार्यलय, बिद्युत प्राधिकरण लगायत स्थानिय समाजसेवी सबैलाइ धन्यवाद दिए । यस अघिका थुप्रै सिडिओ, एलडिओहरुलाई उक्त डोजर स्थानान्तरण गर्न यहाँका समाजसेवी, उद्योगी ब्यावसायीहरुले पटक–पटक अनुरोध गरेपनि सुनुवाई भएको थिएन । यसर्थ पनि बर्तमान सिडिओ कबिन्द्र नेपाल र एलडिओ हरीप्रसाद ज्ञवाली धन्यवादका पात्र बनेका छन । जिल्लाको वातावरण सुधारमा सिडियो कबिन्द्र नेपालको महत्वपूर्ण भुमिका रहँदै आएको छ भने सुरक्षासंगै समाज सेवामा डिएसपि राजकुमार बैदवारको अगुवाई र विकास निर्माणमा देखिएका गलत पक्षहरुको सुधारमा एलडिओ ज्ञवाली लागी परेको चर्चा गर्न थालिएको छ ।









