Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरमा कोही नभएको बेला सुत्केरी भएकी महीलाको रक्तश्रावका कारण मृत्यु

Published on 9:13:00 PM //


रेडियो स्काई
घरमा कोही नभएको बेला एक्लै सुत्केरी भएकी एक महीलाको अध्याधीक रत्त श्रावका कारण ज्यान गएको छ । हिजो बिहान घरमा कोही नभएको बेला छोरी जन्माएकी बाग्लुङ रिघा ९ तल्लो मुजवाकी ३९ बर्षीया डल्ली घर्तीको अध्याधिक रत्तश्राव भएपछी सुत्केरी भएको केही समयमै मृत्यु भएको हो । घर्तीका श्रीमान धन बहादुर हिजोँ साउने सक्रान्ती भएकाले रमाईलोका लागी बिहानै घरबाट गाउँ तिर लागेका थिए ।
साझँ घर फर्केका धन बहादुरले घट्ना आफैले देखेर गाउँलेहरुलाई खबर गरेका थिए ।
घट्ना बिहान करीब ९ –१० बजे तीरको हुन सक्ने स्थानीय बासिन्दाले अनुमान गरेका छन् । शिशु भने स्वस्थ रहेको स्थानीयले बताएका छन् । स्थानीय स्वयम सेवीकाले पटक पटक स्वास्थ्य संस्था जानु पर्ने सल्लाह दिने गरेको भएपनि परिवारको चेतना स्तर परिवर्तन हुन नसक्दा महिलाको ज्यान गएको स्थानीय धिरेन राजवंशीले बताउनुभयो । कृषक परिवारको आर्थिक अवस्था कम्जोर रहेको त्यहाँबाट थम्मन थापाले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग