पोर्न फिल्मले ज्यानै लिनसक्छ
Published on
8:15:00 PM //
तपाईले मनको यौनेच्छा मेट्न पोर्न फिल्म कत्तिको हेर्नुहुन्छ ? यदि पोर्न फिल्म हेर्ने लत बढि नै छ भने सावधान हुनुहोला । यसले अरु मानसिक समस्या त उत्पन्न गर्छ नै तपाइँको ज्यानै समेत लिनसक्छ । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका यौन मनोविज्ञहरुका अनुसार अश्लिल भिडियो हेर्ने लत बसेका युवायुवतीहरुमा मृत्युको जोखिम बढिरहेको हुन्छ । अश्लिल भिडियो तथा चित्रहरु हेर्ने लत बसेका युवाहरुमा मानसिक अस्थिरता बढ्दै जाने, तनाव र एक्लोपना बढ्ने, एकलकाटे प्रवृत्ति हावी हुने तथा डिप्रेसन हुँदै अन्त्यमा आत्महत्याको बाटो सम्म रोज्नसक्ने उनीहरु बताउँछन् ।

शोधकर्ताहरुका अनुसार पोर्न फिल्म हेर्ने लतमा फसेका युवायुवती तथा किशोरकिशोरीहरुमा एक प्रकारको मानसिक समस्या हुन्छ, जसलाई एटेन्सन डेफिसिट डिसअर्डर अर्थात् स्थिरताको अभाव हुने समस्या भनिन्छ । मन अस्थिर हुने, यौन चाहना उत्कट हुने तथा तनाव र डिप्रेसन बढ्ने हुनाले एकातर्फ व्यक्ति शारीरिक रुपमा कमजोर त बन्छ नै अर्कोतर्फ मानसिक रुपमा समेत एक्लो तथा जिवन देखि हारेको अनुभुति हुन गै उसले मृत्युको बाटो समेत रोज्न सक्ने शोधकर्ताहरुको ठहर छ । त्यसैले होसियार पोर्न फिल्ममा अम्मलीहरु ।
अन्लाईनखबर डट कम