Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोका कारण रिडी रुद्रवेणी सडक संचालनमा आउन सकेन, यात्रुहरु अलपत्र

Published on 2:20:00 AM //


जनार्दन घिमिरे, गुल्मी, ४ साउन
वर्षाको कारण पहिरो जाँदा अवरुद्ध वनेको गुल्मीको रिडी रुद्रवेणी र रिडी वल्कोट सडक संचालन हुन सकेका छैनन । गुल्मीको रिडी रुद्रवेणी सडक खण्ड अन्तर्गत ग्वादी गाविस ५ स्थित साँघुरे र रिडी वल्कोड सडक खण्ड अन्तर्गत रुरु गाविस ९ स्थित सातमुरेमा सडक माथिवाट पहिरो खसेपछि बिहीवार विहानदेखि उक्त दुवै सडक अवरुद्ध वनेका हुन । बुधवार राती देखि लगातार रुपमा पानी परिरहेको कारण सडकमाथिवाट पहिरो र ढुङ्गा खस्ने क्रम नरोएिकोले बिहीवार अवरुद्ध सडक संचालन गर्न समस्या परेको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक बिनीमादेव पौडेलले जानकारी दिएका छन् ।
फाइल तस्बिर । 
डोजरको प्रयोग विना पहिरो हटाउन संभव नभएकोले शुक्रबार अपरान्हसम्ममा अवरुद्ध सडक संचालनमा आउन सक्ने उनले वताए । सडक अवरुद्ध वनेपछि अहिले वुटवलवाट वामी टक्सारसम्म आवतजावत गर्ने यात्रु र सवारी साधनहरु विहानैदेखि रिडी र रुद्रवेणीमा अलपत्र परेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग