Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युमा राई बनिन "मिस राई २०१२"

Published on 2:34:00 AM //


मिस राई २०१२ को ताज ओखलढुंगाकी युमा राईले जितेकी छिन् । काठमाडौंमा बिहिबार भएको फाइनलमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दे युमाले उपाधि जितेकी हुन् ।
उपाधिसँगै उनले ५० हजार रुपैंया नगद हात पारेकी छन् । युमाको पुर्ख्यौली घर ओखलढुंगा भए पनि अहिले ललितपुरको नखिपोटमा बस्दै आएकी छन् । मिस राईको फष्ट रनरअप भने धनकुटाकी सेली राई भईन् । सेकेन्ड रनरअप भोजपुरकी श्रृजा राई र थर्ड रनरअप सुनसरी चतराकी बिडी योक्की राई भएका छन् । फष्ट, सेकेन्ड र थर्ड रनरअपलाई २०–२० हजार रुपैंया नगद प्रदान गरिएको आयोजक किरात मौलिक संस्कृति कला केन्द्रले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग