Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवतीलाई अश्लील एसएमएस पठाउने चार युवक प्रहरी नियन्त्रणमा !

Published on 8:56:00 PM //

बागलुङ जिल्लाको पैयँपाटा गाविसका चार जना युवकहरु मोलाइलबाट अश्लील सन्देश सम्पे्रशण एसएमएस गरेको अभियोगमा प्रहरी कार्बाहीमा परेका छन् । स्थानीय एक युवतीलाई मोबाइलमा अश्लील सन्देश सम्पेशण गरेको उजुरीका आधारमा आज नारायणस्थान ईलाका प्रहरी कार्यालयले ती चारजना युवकहरुलाई नियन्त्रणमा लिएको हो । आफुलाई अश्लील सन्देश पठाई मानसिक तनाव दिएको भन्दै पीडित युवतीले प्रहरी समक्ष उजुरी दिएकीले यी चार युवकहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ । प्रहरी घटना आपसी सहमतिमा मिलाउने पक्षमा देखिएको छ तर मिलापत्र नभए थप कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाउने तयारीमा रहेको बुझिएको छ । पक्राउ पर्नेमा पैयँपाटा गाविस २ रेग्मीफाँटका चन्द्रबहादुर कुवँर, रामु कुवँर, सुर्य कुवर र दिवस कुवँर रहेका छन् । धौलाश्रीबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग