Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दारु पिएर शिक्षिका कक्षामा झ्याप भएपछी...

Published on 9:15:00 PM //


सोमरस पान गरेकी एक जना रुसी गुरुआमाले निकै विचित्रको कर्तुत देखाएर सबैलाई छक्कै पारेकी छन् । उनले आफ्ना विद्यार्थीहरुलाई २३ घण्टासम्म परीक्षा कोठामा बसाल्नुका साथै २३ घण्टासम्म ट्वाइलेट जान समेत नदिएर कोठामै थुनेर राखिन् ।

काजान राज्य विश्वविद्यालय अन्तरगतको भौतिक विज्ञान विभागमा पठाउने शिक्षिका ल्याण्डिस जारिपोभाले मदिराको मातले बेहोसी बनेर विद्यार्थीहरुलाई यस्तो यातना दिएकी हुन् । विद्यार्थीहरुलाई कोठाभित्रै कैदीजस्तो बनाएर राखेपनि जारिपोभा भने पटकपटक कोठाभित्र र बाहिर गरिरहन्थिन् । उनले अर्को कोठामा जाने, रक्सी पिउने र फेरी परीक्षा चलिरहेको कोठामा आएर परीक्षार्थीहरुलाई हल्ला नगर्न र बाहिर ननिस्कन अह्राउँथिन् ।

जुन २६ तारेखको बिहान १० बजेबाट परीक्षा सुरु भएकोमा विद्यार्थीहरु २७ तारेखको बिहान ९ बजेसम्म कक्षाकोठामै बस्नुपरको थियो । रातभर भोक र निद्रा त्यागेर कक्षाकोठामा बस्नुपरेपछि विद्यार्थीहरु अनुशासनलाई आत्मसात गर्दै होहल्ला गरेनन् ।

ती शिक्षिकाले भने विद्यार्थीहरुले आफुमाथि गलत आरोप लगाएको र कमजोर विद्यार्थीहरुलाई पास नगराएको बदला लिन यस्तो नाटक रचेको बताइन् । विद्यार्थीहरुले यस्ती जँड्याहा शिक्षिकाले निष्कासन गर्न कलेज प्रशासन सँग माग गरेका छन् ।
अन्लाईन खबर डट कम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग