Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष जेल सजाय

Published on 9:12:00 PM //


२९ असार, हेटौंडा । नौ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले २५ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश टेकनारायण कुँवरको शुक्रबार बसेको इजलाशले चन्द्रनिगाहापुर घर भई हेटौडा ४ कर्रामा बस्दै आएका भीमबहादुर सुवेदीले बलात्कार र हाडनाता करणी ठहर गर्दै २५ वर्ष जेल सजायको फैसला सुनाएको हो ।

बलात्कार गरेकामा १५ वर्ष र हाडनाता करणीमा १० गरी २५ वर्ष कैद गर्ने फैसला सुनाइएको हो । गत वैशाख १२ गते राति भीमबहादुरले छोरी सुतिरहेको अवस्थामा बलात्कार गरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग