Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गत आ.बमा गुल्मीबाट साढे दश हजारले पासपोर्ट बनाए, राजश्वमा डेढ करोडले बृद्धि

Published on 9:21:00 PM //


जनार्दन घिमिरे
गुल्मी, ५ साउन । सरकारले जिल्लाबाटै (एम.आर.पी) मेसिन रिडेवल पासपोर्ट वितरण गर्न थालेपछि जिल्ला जिल्ला प्रशासन कार्यालय गुल्मीमा आर्थिक वर्ष २०६७÷०६८ मा झण्डै डेढ करोड रुपैंया राजस्व बृद्धि भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आर्थिक वर्ष २०६७÷०६८ मा कुल ५० लाख ७५ हजार ७५ रुपैया राजस्व संकलन भएकोमा आर्थिक वर्ष. २०६८÷०६९ मा १ करोड ९३ लाख ९९ हजार ७ सय ७९ रुपैया राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले वताएको छ । गत आर्थिक वर्षमा कुल १० हजार ४ सय ६० जनालाई राहादानी वितरण गरिएकोमा गत माघ २ गते देखी ५ हजार ३ सय ६ जनालाई ( एम.आर.पी ) मेसिन रिडेवल पासपोर्ट अर्थात राहदानी सिफारिसबाट यसरी जिल्लामा राजस्व बृद्धि भएको प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले वताउनु भएको छ ।
आफ्नै कार्य कक्षमा पत्रकार भेटघाट गरी नेपालले गत आ.व. मा जिल्ला प्रशासनबाट भएका अन्य कामहरुका बारेमा समेत जानकारी गराए । नेपालका अनुसार गत वर्षमा संघसंस्था दर्ता नविकरण र सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गर्नेहरुलाई गरिएको कारवाहीबाट पनि राजस्व संकलनमा सहयोग पुगेको छ । जिल्लामा गत वर्ष ८२ वटा संघसंस्था दर्ता गरिएको र ३ सय २५ संस्था नविकरण गरिएको छ । त्यस्तै ७६ जना मादक पदार्थ सेवन गर्नेहरुबाट कार्वाही स्वरुप जनही १ हजारका दरले ७६ हजार रुपैंया राजस्व संकलन गरिएको थियो । त्यसैगरि जिल्ला प्रशासन कार्यालय गुल्मीले गत आ.व. मा १ सय २२ दैविक प्रकोप पीडितहरुलाई कुल ४ लाख ४० हजार ९ सय रुपयै राहात वितरण गरेको वताउनु भयो ।
नेपाल सरकारवाट पाप्त हुने विषेश राहत १ करोड ७५ लाख ८५ हजार रुपैंया समेत वितरण गरिएको छ । प्रशासनले वातावरण सुधार, सरसफाई, कालो प्लाष्टिक मुक्त जिल्ला बनाउन विशेष कार्य योजना अगाडी सारेको जानकारी दिएको छ । कार्यालय समयको पालना, कार्यालय पोषाकको मर्यादा, सेवाग्राहीहरु बिच शिष्ट ब्यावहारका लागि हरेक कार्यालयमा शिष्टाचार निर्देशिका जारी गरिएको पनि नेपालले वताउनु भयो । प्रशासनमा चुस्त र सरल कार्यसम्पादनका लागि टोकन प्रणाली लागु गरिएको, लैङ्गिक हिंसा र छुवाछुद सम्बन्धमा गुनासो सुन्ने डेक्स स्थापना, धार्मिक एवम पर्यटकिय क्षेत्र रेसुङ्गाको विकासका लागि सबै राष्टसेवक रेसुङ्गा जाऔं अभियान, वातावरण संरक्षण र सरसफाईमा कर्मचारीको सहभागीता, प्राकृतिक प्रकोप जस्ता विपतका लागि पूर्व तयारी योजना तर्जुमा लगायतका क्षेत्रमा अभियान शुरु गरिएको वताईएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग