Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी-रुद्रवेणी सडक आज पनि खुलेन, भोलीसम्म संचालनमा आउन सक्ने

Published on 9:36:00 PM //


जनार्दन घिमिरे
गुल्मी, ५ साउन । वर्षाको कारण पहिरो जाँदा वुधवार रातीदेखि अवरुद्ध वनेको गुल्मीको रिडी रुद्रवेणी र रिडी वल्कोट खण्ड सडक आज पनि संचालनमा आउन सकेको छैन । सडक संचालन गर्न आज अपरान्हदेखि रुरुगाविस स्थित सातमुरेमा डोजरको माध्यमवट पहिरो हटाउने काम शुरु भएपनि डोजरको अभावका कारण रिडी रुद्रवेणी सडकको पहिरो हटाउने काम अझै शुरु भएको छैन ।
फाइल तस्बिर । 
उक्त पहिरो हटाउनकालागि स्थानीय प्रशासनले पहल गरिरहेको वताएपनि भोली दिउसोसम्ममा मात्र सडक सुचारु हुने संभावना रहेको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक बिनीमादेव पौडेलले जानकारी दिनु भएको छ । गुल्मीको रिडी रुद्रवेणी सडक खण्ड अन्तर्गत ग्वादी गाविस ५ स्थित साँघुरे र रिडी वल्कोड सडक खण्ड अन्र्तगत रुरु गाविस ९ स्थित सातमुरेमा पहिरो गएपछि वुधवार रातीदेखि उक्त दुवै सडक अवरुद्ध वनेका हुन् । जिल्लामा सवैभन्दा वढी सवारी साधनहरु संचालन हुने उक्त सडक अवरुद्ध वनेपछि त्यस क्षेत्रका हजारौं मानिसहरु अलपत्र परेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग