Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रक्सिको लत मेट्न स्प्रिट पिउँदा एकको मृत्यु

Published on 9:15:00 PM //


अनिल खत्री
श्रावण ५ , गुल्मी
पहिले देखी अत्याधिक मदिरा सेवन गर्दै आएको र चाहेको बखत मदिरा नपाएपछि फर्निचरमा प्रयोग गरिँदै आएको स्प्रिट पिउँदा गुल्मी तम्घासमा एक मजदुरको ज्यान गएको छ ।
रौतहट जिल्ला पटराई ३ घर भई गत १० वर्ष देखि तम्घासको अनमोल फर्निचरमा मिस्त्रीको काम गर्दै आएका ४२ वर्षिय जिवन भुजेलको ज्यान गएको हो । हिजो बिहीवार करिब ३ बजेको समयमा मदिराको लत मेट्न फर्निचरमै रहेको स्प्रिट सेवन गरेको र राती करिब ११ बजे सिकिस्त भएपछि उनलाई जिल्ला अस्पताल तम्घासमा भर्ना गरिएको थियो । अस्पतालले थप उपचारका लागि पाल्पा पठाएपछि लैजाने क्रममा बाटैमा ज्यान गएको मृतक भुजेलका साला जिवन रानाले बताए । पहिले देखी नै अत्याधिक मदिरा सेवन गरिरहने भुजेलको हिजो उक्त पदार्थ सेवन गरि मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।
शवको पोष्टमार्टम गरि आफन्तजनलाई बुझाएईको प्रहरीले जनाएको छ । भुजेलले गुल्मीको अर्खले ८ , भालु खोला स्थित २१ बर्षिया मायाा राना संग ८ वर्ष अघि बिवाह गरेका थिए । एक सन्तानकी आमा समेत रहेकी मृतककी पत्नी मायाँले श्रीमानलाई रक्सी छुटाउन पटक–पटक विभिन्न औषधी समेत खुवाईएको तर पनि उनको रक्सीको लत नछुटेको गुल्मीन्युज डट कमलाई बताउनुभएको छ । माया आफ्न मृतक श्रीमानको ठेगाना प्रहरीले पत्ता लगाएपनि उनको घर नदेखेको र पारिवारीक पृष्ठभूमी समेत थाहा नभएकोले आफु बिचल्लीमा पर्ने चिन्तामा रहनु भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग