Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ युवती सहित ९ जना पक्राउ !

Published on 8:52:00 PM //

अवैध यौन क्रियाकलापमा संलग्न रहेको भन्दै प्रहरीले पोखराका दुई होटलबाट ९ जनालाई पक्राउ गरेको छ । पोखराको नयाँ बसपार्कमा रहेको तृप्ति होटलबाट २ जना र लेकसाईडमा रहेको ह्वाईट रोज रेष्टुरेण्ट एण्ड बारबाट ७ जना पक्राउ परेका हुन् ।
तृप्ति होटलबाट पोखरा १७ बिरौटाका प्रकाश श्रेष्ठ र बागलुङकी कुन्ती क्षेत्री पक्राउ परेका छन् भने ह्वाईट रोज रेष्टुरेण्टबाट काठमाडौं गोंगवुका विक्रम गौतम, हिरामनी सिटौला, धापासीका विमोचन बस्नेत, बेशीगाउँकी रमा कार्की, काभ्रेकी मनिषा थापा, पोखरा बाराही चोककी उमा क्षेत्री र बागलुङ बुर्तिवाङ घर भै सोही रेष्टुरेण्टमा कार्यरत कोपिल मगर पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई सार्वजनिक अपराध मुद्दा दर्ता गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग