Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी प्रहरीको सिको गर

Published on 8:48:00 PM //

प्रहरीको काम समाजमा शान्ति सुरक्षा दिने हो। सुरक्षा दिनमा पनि नखटिएको भन्दै बेलाबेलामा प्रहरीको आलोचना हुन्छ। तर गुल्मी प्रहरीले भने सुरक्षा संगसंगै समाजमा थुप्रै रचनात्मक कामहरु गरेको छ। प्रहरीको आलोचना भन्दा स्रहाना गर्ने बढेका छन्। प्रहरीले जिल्ला तहमा गरेका कामको सिको गर्न सके सिंगो प्रहरी संगठनकै क्षवी सुध्रने थियो। जिल्ला पहरी कार्यालय गल्मीमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुले दृष्टिविहीनलाई सेतो छडी उपहार दिएर उदाहरणीय काम गरेका छन्। प्रहरीहरुले आफ्नो तलबबाट व्यक्तिगत खर्च जुटाएर दृष्टिविहीनहरुलाई सेतो छडी वितरण गरेका हुन्। दृष्टिविहीनहरुले प्रहरीको सहयोग पाएर निकै खुसी व्यक्त गरे। अपांग भएकै कारण समाजमा थुप्रै समस्या भौग्नुको पीडा त छदैछ, त्यसैमाथि अपांगले अपहेलना सहनु पर्छ। तर गुल्मी प्रहरीले भने अपांगलाई सहायता गरेर अरुलाई पनि पाठ सिकाएको छ। मंगलबार प्रहरी कार्यालयमा गुल्मी नेत्रबिहीन सघंका अध्यक्ष काशिराज ज्ञवालीलाई प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले छडी हस्तान्तरण गरेका हुन्। सो अवसरमा दृष्टिविहीनहरुले प्रहरीको सहयोग पाएको भन्दै भावविव्हल भएर सबैको सहयोगको याचना गरे। दशजना दृष्टिबिहीनहरुलाई छडी वितरण गरिएको थियो। जिल्लामा अरु थुप्रै यस्ता दृष्टिविहीनहरु छन्। प्रहरीको यो सुरुवातलाई अरुले पनि सहयोग गरे बाँकी सबैले कम्तिमा सेतो छडी सम्म पाउने थिए। समाजका रक्षक र असाहयका सहयोगी बनेका प्रहरी जस्तै अरुले पनि उदाहरणीय काम गर्न सके राम्रै हुन्थ्यो। देश, समाज बिग्रियो भन्दै भुट्भुटिनेले समाजमा एउटा मात्रै राम्रो काम गरेपनि देशमा परिवर्तनको थालनि हुने थियो। हामी सबैले गुल्मी प्रहरीको स्रहानीय कामको सिको गरौं। दैनिक पत्रीका डट कमबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग