Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा पहिलो पटक सिल प्याक मदिरा बरामद

Published on 2:56:00 PM //

प्रेम सुनार श्रावण १२, गुल्मी । घरेलु मदिरा यसअघि जिल्ला प्रशासन कार्यलय गुल्मीले बरामद गरि नष्ट गरेपनि जानकारीको अभाबमा अहिले सम्म म्याद सकिएका सिल प्याक मदिरा बरामद गरेको थिएन । तर यस पाली गरिएको बजार अनुगमनमा बरामद गरि आज नष्ट गरेको छ । ब्यावसायिहरुले सिल प्याक मदिराको म्याद हुदैन जहिले सम्म पनि बेच्न पाइन्छ भनेर दाबी गरेपनि नेपालमा उत्पादित सस्तो खालको शिलप्याक मदिरा एक वर्ष भन्दा बढि म्याद नाघे पछि त्यसमा रहेको अल्कोहलको मात्रा नहुने र त्यसबाट मानिसहरु बिरामीहुने प्रशासनलाइ जानकारी आएकोले बरामद गरिएको अनुगमन समितीका संयोजक एबं सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम आर्यलले बताउनु भयो । डेवन नामक मदिरा बरामद गर्दै आगामी दिनमा नेपालमा कुनै डिष्टेलरीबाट उत्पादित सस्तोखालको मदिरा उत्पादन भएको मिती बोतलमा हेरेर मात्र बिक्री गर्न र उपभोक्ताहरुले पनि एक वर्ष नाघेको सस्तो खालको सिल प्याक मदिरा नकिन्न अर्यालले आग्रह गर्नुभयो । रेड लेभल, ब्ल्याक लेभल र ब्लु लेभल जस्ता उच्च ब्राण्डका विदेशी मदिराहरु भने ५६ वर्ष सम्म विक्री वितरण गर्न सकिने पाइएको उहाँले बताउनुभयो । मदिरा सँगै प्रशासनले म्याद नाघेका र कुहिएका खाद्य पदार्थ समेत बरामद गरी आजै नष्ट गरेको छ । ति खाद्य पदार्थहरु विष्कुट, सस, भुजा, पाउरोटी, प्याकिङ्ग अचार लगायतका थिए । व्यवसायहरुले म्याद नसकिएको सामाग्री पनि प्रशासनले प्रहरीको बल प्रयोग गरी बरामद गरेको गुनासो गरिरहेका छन् । यस सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले म्याद भए पनि फोहोर र भित्र ढुसी लागेर खान योग्य नभएका कारण बरामद गरिएको बताउनुभयो । त्यस्तै सदरमुकाम तम्घासमा केहि पसलहरुमा तराजुबाट समेत उपभोक्ता ठगिएको खुलासा भएको छ । टेबलुमा राखेर जोखिने उक्त तराजु एकातिर जति सामान राखे पनि मापन नदेखाउने पाइएकोले एक पसलबाट प्रशासनले एक थान तराजु समेत बरामद गरेको छ । ति सामाग्री बरामद समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी अर्याल, प्रहरी निरीक्षक हिमबहादुर के.सी., उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गा पाण्डे, महासचिव कृष्णप्रसाद पोख्रेल, समाजसेवी ठाकुरप्रसाद पाण्डे, पत्रकार लगायतको सहभागिता रहेको थियो

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग