Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा नेपालकै पहिलो कफी अनुसन्धान केन्द्र स्थापना हुने

Published on 6:15:00 PM //


गुल्मी, साउन ११ – गुल्मी जिल्लामा नेपालकै पहिलो कफी अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । बलेटक्सार गाविस वडा नम्बर–१ भण्डारी डाडाँमा १ सय १ रोपनी क्षेत्रफलमा केन्द्र स्थापना हुने भएको हो ।

यसका लागि जग्गा अधिग्रहण गरेर राखिएको छ भने ८ करोड ५० लाखको योजना सहित वजेट माग गरिएको जिल्ला कफी उत्पादक संघ गुल्मीका अध्यक्ष निलकण्ठ गौतमले जानकारी दिनुभयो । कफी अनुसन्धान केन्द्र बनेपछि, कफी जातमा लाग्ने रोगकिरा नियन्त्रण, कफीको नयाँ जात उत्पादन तथा विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । अनुसन्धान केन्द्र निर्माणका लागि ८ सय देखि १ हजार मिटरसम्म दक्षिण मोहडा फर्किएको जग्गा, पानी, विजुलीको सुविधा तथा छहारीका लागि बनजंगल भएकाले भण्डारीडाडाँ उपयुक्त रहेको जिल्ला कफी उत्पादक संघ गुल्मीले जनाएको छ ।

करिब २० करोड रुपैंया खर्च लाग्ने कफी अनुसन्धान केन्द्र स्थापनाका लागि जिल्ला कृषि विकास कार्यालय गुल्मी, जिल्लाका गैरसरकारी संस्था, कफी उत्पादक संघ लगायत कफीसँग सम्बन्धित व्यक्ति तथा संघ संस्थाहरुले काम गरिरहेका छन् । नेपालमा पहिलोपटक गुल्मि जिल्लाबाट कफी खेती सुरुवात भएको थियो । विशेषगरि पाकामारा र सेलेक्सन–१० जातका कफी राम्रो उत्पादन हुने गुल्मीमा वार्षिक २० मेट्रिक टन कफी उत्पादन हुने कृषि विकास कार्यालय गुल्मीको तथ्याङ्क छ ।
देशभर अहिले २६ हजार कफी किसानहरु छन् ।
उज्ज्यालो नेटवर्कबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग