Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जि.वि.स. गुल्मीमा जम्मा ४७ लाख फ्रिज

Published on 2:24:00 PM //

प्रेम सुनार श्रावण १२, गुल्मी । कतिपय विकास निर्माण सम्पन्न हुन बाँकी रहेपनि जिल्ला विकास समिति गुल्मीले आर्थिक वर्ष ०६८÷०६९ मा जम्मा ४७ लाख रुपैयाँ मात्र फ्रिज देखाएको छ । गत आर्थिक वर्षमा कूल ५९ करोड ८७ लाख ४४ हजार विनियोजन गरिएकोमा ५५ करोड ६५ लाख २२ हजार निकासा भएको र त्यसमध्ये जम्मा ४७ लाख मात्र फिर्ता हुने भएको स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताउनुभएको छ । केहि विकास निर्माण सम्पन्न हुने चरणमा रहेपनि गत वर्ष बजेट भाषण पनि ढिलो भएको र एल.डि.ओ. हरु पनि दुई÷तीन पटक आतेजाते गरेका कारण व्यवहारिक समस्यालाई ध्यानमा राखि कम भन्दा कम रकम फिर्ता गराउने पहल गरिएको उहाँले बताउनुभयो । विगतका वर्षहरुको तुलनामा गत वर्ष फ्रिज रकम एकदमै न्यून हो । अघिल्लो आर्थिक वर्षमा करोड भन्दा बढि रकम फ्रिज भएको थियो । कूल रकमको ०.५% मात्रै फ्रिज भएको बताउँदै स्थानीय विकास अधिकारी पौडेलले विकास निर्माण सम्पन्न भए नभएको जि.वि.स. को आन्तरिक अनुगमन गरिएको र अब छिट्टै प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल राजनितिक संयन्त्र सहितको अनुगमन टोली बनाएर अनुगमनलाई तीव्र पारिने जानकारी दिनुभयो । दलित, महिला, जनजाती, अपाङ्ग लगायतका लक्षित वर्गलाई छुट्याइएको रकम भने प्राय औपचारिकतामा मात्रै सिमित हुने र लक्षित वर्गमा नपुगि सिमित केहि व्यक्तिका खल्ति र खातामा हुने गरेको गुनासो आएको छ नि भन्ने प्रश्नमा ज्ञवालीले आफू पनि त्यसप्रति गम्भिर भएको र अब तत्काल त्यसमा चासो दिने बताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग