Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा आठ घाइते

Published on 8:33:00 PM //


पर्वत, असार २१- पर्वतको सदरमुकाम कुश्माबजारबाट बाग्लुङ जाँदै गरेको ध १ ज ३२०६ नम्बरको जिप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्।
दिउँसो १ बजेतिर पोखरा-बाग्लुङ राजमार्गअन्तर्गत पर्ने पर्वतको पाङ १ सहस्रधारामा दुर्घटना भएको हो। जिपको पट्टाले काम नगरेपछि जिप सडकबाट नालीतर्फ मोडिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा बाग्लुङ नरेठाँटी-२ की कमला नेपाली, नारायणस्थान-९ की अनिता केसी, नरेठाँटी-२ की बालकुमारी विक, नरेठाँटी-२ का शिव नेपाली, अमलाचौर-७ का निगेन्द्र ढकाल, नरेठाँटी-२ की यामकुमारी नेपाली, तारा-९ का पद्म खत्री रहेका छन्। पाला-५ घर भएका जिप चालक कर्णबहादुर विकसमेत घाइते भएका छन्।

घाइते सबैको अञ्चल अस्पताल बाग्लुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग