Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी प्रहरीद्वारा जिल्लामा पहिलो पटक फोटो प्रर्दशनी (फोटो फिचर)

Published on 3:44:00 AM //

जनार्दन घिमिरे
जिल्ला प्रहरी कार्यालय गुल्मीले मंगलवारदेखि जिल्ला सदरमुकाम तम्घासमा फोटो प्रर्दशनी शुरु गरेको छ । प्रहरीले गत असार महिनादेखि हालसम्म एक वर्षको अवधिमा गरेका विभिन्न गतिविधिहरुलाई समेटेर प्रहरीको तर्फवाट जिल्लामा पहिलो पटक यसरी फोटो पर्दशनी शुरु गरेको हो । प्रहरी गतिविधिलाई जनता माझ देखाउन, विभिन्न घटनाहरुलाई नियन्त्रण गर्न र प्रहरीलाई घटनाको वारेमा सहयोग कसरि गर्नुपर्छ भन्ने वारेमा जानकारी गराउँदै सवैको सल्लाह र सुझाव लिने उद्देश्यले उक्त प्रदर्शनी शुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनु भएको छ । 

सदरमुकाम तम्घास स्थित कर्मचारी मिलन केन्द्रमा मंगलवारदेखि एक सातासम्मका लागि राखिएको उक्त फोटो प्रर्दशनीमा प्रहरी र जनतासँगको छलफल, दुर्घटनाले पुराएको क्षती, दुर्घटना न्यूनीकरण, ट्राफिक नियम उलंघन, आत्महत्या, विभिन्न घटनामा संलग्न अपराधि र तिनीहरुले गरेका गतिविधिहरु र मावनीय उद्धार जस्ता विभिन्न विषय झल्किने तस्विरहरु राखिएको छ । उक्त फोटो प्रर्दशनिको उद्घाटन गर्दै जिल्ला न्यायाधिस कृष्णराम कोईरालाले जिल्ला प्रहरी कार्यालय गुल्मीले विभिन्न घटना र गतिविधिहरुलाई समेटेर जनतालाई तस्विरको माध्यमवाट प्रत्यक्ष अवलोकन गराउने काम गरेकोमा उक्त कामको सह्राना व्यक्त गर्नु भएको थियो । कोईरालाले यस्तो कामवाट समूदायमा पनि सकारात्मक सन्देश पुग्नुका साथै प्रहरी र जनतासँगको सहकार्यतामा समेत वृद्धिहुने वताउनु भएको छ । जिल्लामा पहिलो पटक यसरी फोटो प्रर्दशनी शुरु गरेकोमा सर्वसाधारणहरुले पनि प्रहरीको उक्त कामको मुक्त कण्ठले प्रशंसा समेत गरेका थिए ।
“यस्तो काम अत्यन्त उपयोगी, प्रभावकारी, रोचक, अरुका लागि प्रेरणादायी, अनुकरणीय र एउटा उदाहरणीय काम भएको छ” फोटो प्रर्दशनीको अवलोकन गर्दै प्राध्यापक शशि पन्थीले भन्नु भयो । उहाँले समाजका अरु वर्गहरुलाई पनि प्रहरीले समाजकालागि के गरेको छ भनेर प्रर्दशनीवाट हेर्न र बुझ्न सहयोग पुग्ने पनि वताउनु भयो । फोटो प्रर्दशनीको अवलोकन गर्दै आगामि दिनमा यस्तो प्रर्दशनी जिल्लाका मुख्य मुख्य स्थानमा राखिनु पर्ने सर्वसाधारणहरुले सुझाव दिएका थिए । प्रर्दशनी हेर्नको लागि जिल्ला स्थित सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यापारी, प्राध्यापक, शिक्षक तथा विभिन्न विद्यालयहरुका छात्रछात्रा संचारकर्मि तथा सर्वसाधारणको व्यापक सहभागिता रहेको थियो । एकसातासम्म जारीरहने उक्त प्रर्दशनीमा तीन सय भन्दा वढी विभिन्न प्रकार
का तस्विरहरु राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा पहिलो पटक आयोजना गरेको फोटो प्रर्दशनी स्थलबाट गुल्मीन्युज सहयोगी जनार्दन घिमिरेले खिच्नुभएका केही तस्बिरहरु हेरौँ:





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग