Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँस्तरमा मदिराजन्य पदार्थ विक्रिवितरण गर्न नपाईने

Published on 4:15:00 PM //

सीता  भण्डारी, गुल्मी,१७ असार,गाउँस्तरमा मदिराजन्य पदार्थले विकृृति फैलाएको भन्दै गुल्मीको हस्तीचौर गाविसमा गठित टोल सुधार समितिले आफ्नो वार्डभित्र मदिरा विक्रिवितरणमा रोक लगाएको छ । गाविसको वार्ड नं ३र४ मा गठित टोल सुधार समितिले आफ्नो वार्डमा अवैध रुपमा मदिरा विक्रिवितरण गरिएको भन्दै यसरी विक्रवितरणमा रोक लगाएको हो ।    टोल सुधार समिति, ईलाका प्रहरी कार्यालय धनार्जि, वार्डभित्रका वुद्धिजिवि, शिक्षक लगायतको सकृयतामा गरीएको अनुगमनमा वार्डभित्र सञ्चालित मदिरा पसलवाट करिव ३ लाख वरावरको मदिरा नियन्त्रणमा लिएको समितिले जनाएको छ । नियन्त्रीत मदिरा सम्वन्धित डिलरलाई फिर्तागर्ने टोलसुधार समितिका संयोजक रामप्रसाद पाण्डेयले वताउनुभयो । साथै मदिरा विक्रिवितरणले समाजमा नराम्रो असर पार्ने भएकोले वार्डभित्र रोकलागाईएको र नियम उल्लंघन गर्नेलाई कडा कारवाही गरिने वडानागरिक मञ्चका संयँत्रक सुमनलाल विश्वकर्माले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग