Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो छ खोला तर्ने पुलको अवस्था, जोखिम मोल्दै स्थानियहरु (फोटो फिचर)

Published on 10:52:00 AM //


तेजेन्द्र थापा
असार १५ मा परेको अविरल बर्षाका कारण गुल्मी शान्तिपुर स्थित उच्च माबि टोल र सैनिक टोल जोड्ने एक मात्र झोलुंगे पुलमा क्षति हुन् पुगेको छ । बर्षाका कारण पुलको एकातर्फको जीपमा क्षति हुन् पुगेको छ । दैनिक सयौँ बिद्यार्थी र यात्रुहरु वार-पार गर्ने सो पुल क्षति हुँदा दैनिक आवत जावतमा कठिनाई भएको छ । बर्षाका कारण खोलामा पानि को सतह बढेको हुनाले स्थानियहरु खोलाबाट आवत जावत गर्न समेत कठिन  भएकोले त्यहि क्षति ग्रस्त पुलबाट आवत जावत गर्न बाध्य भएका छन् । सो पुल धराप जस्तो भएको छ । सो पुलबाट यात्रा गर्दा कति खेर गम्भीर दुर्घटना हुने हो थाहा छैन ।  समयमै यसको मर्मत नगर्ने हो भने गम्भीर दुर्घटना हुने निश्चित छ साथै दैनिक सयौँ बिद्यार्थी र यात्रु दैनिक जोखिम पूर्ण आवत जावत गर्न बाध्य हुने छन् । यस तर्फ सम्बन्धित निकायको ध्यान जानु जरूरी छ । शान्तिपुरबाट तेजेन्द्र थापाले खिच्नुभएका केही तस्बिरहरु हेरौ: 



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग