Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२० दिनदेखि बिजुली बलेन, मर्मत तर्फ प्राधिकरणले चासो दिएन

Published on 9:22:00 PM //


सीता भण्डारी,
गुल्मी,१८ असार
विगत २० दिनदेखि अवरुद्ध वनेको गुल्मी हाडहाडेको बिद्युत सेवा अझै सञ्चालनमा आउन सकेको छैन । विधुत अवरुद्ध वनेपछि मर्मतका लागि बिद्युत प्राधिकरण गुल्मीलाई जानकारी गराएपनि मर्मतमा कुनै चासो नदिएको उपभोक्ताहरुले वताएका छन् । उपभोक्ताहरुले हाडहाडे गाविसमा रहेको ट्रान्समिटरमा खरावि आएको हुनसक्ने वताएका छन् ।
आफुहरुले बिद्युत प्राधिकरण गुल्मीमा लिखित रुपमै जानकारी गराउँदा समेत आजसम्म कुनै सुनुवाई नभएको र आफुहरु अन्धकारमा वस्न वाध्य भएको विधुत उपभोक्ता समितिका अध्यक्ष तुलाराम पाण्डेयले वताउनुभयो । बिद्युत सेवा अवरुद्ध हुँदा एफएम रेडियो वजाउन, मोवाईल चार्ज गर्न समस्या हुनुका साथै, कुटानी पिसानी मेसिन समेत वन्द हुँदा आफुहरुलाई सास्ती भएको स्थानीयवासीले जानकारी दिएका छन् । बिद्युत सेवावाट गाविसका झण्डै ६५ घरधुरी लाभान्वित भएका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग