Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रोकी राखेको जिप नाजानी चलाउन खोज्दा ज्यान गयो

Published on 12:41:00 PM //


प्रेम सुनार
साउन ७ , गुल्मी
रोकी राखेको जिपमा जान्दै नजानी कलोज दबाउदा उक्त जिपका मालिकको ज्यान गएको छ । सदरमुकाम तम्घासबाट छिमेकी गाबिस पराल्मी गइ फर्कने क्रममा तम्घास नजिकै गर्जुरामा गए राति १२ बजे लु १ ज २१६० नम्बरको जिप रोकीराखेको बेला जान्दै नजानी जिप धनि २६ वर्षिय बालकृष्ण पाठले चलाउन खोज्दा उनको ज्यान गएको हो । उताबाट फर्केर गर्जुरामा चालकले जिप रोकेर यात्रु झार्दै भाडा उठाउन लागि रहेको बेला जिपमा बसी रहेका जिप धनी पाठकले बिना साचो कलोज दवाउदा एक्कासी गाडी अगाडी हुइकिएर पल्टीदा उनको ज्यान गएको जिल्ला प्रहरि कार्यलय गुल्मीले जनाएको छ ।
तम्घसको सहुटोलमा पसल समेत गर्दै आएका जिप धनी पाठक गुल्मीकै पौदी अमराइ ८ निवासी थिए । एक खुट्टाका अपाङ्ग रहेका पाठक स्वरोजगार बन्नका लागी बाल्यपनदेखि नै निकै संघर्ष गर्दै आइरहेका थिए । सुरुमा आर्ट काम सिकेका पाठक घडि रेडियो, मोवाइल मर्मत सम्म सिकेर गुजरा गर्दै आइ रहेको बेला बाबु हुकुम बहादुर पाठक संग आग्रह गरि केहि महिना अघिमात्र बैँकबाट कर्जा लिइ जिप खरिद गरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग