Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज, दोहाले दसैंमा चिट्ठा खोल्ने

Published on 12:38:00 AM //


कुमार अविरल पन्थी
गुल्मी सेवा समाज दोहा कतारको मासिक बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री भरत सापकोटाको अध्यक्षतामा बसेको बैठकमा संस्थाका पदाधिकारीहरु लगायत कतारबासी  गुल्मेलीहरुको बाक्लो उपस्थिति  रहेको थियो । हरेक महिना बस्दै आएको सो बैठक यो महिना पनि गत शुक्रबार अर्थात जुलाई २० तारिखका दिनमा समपन्न भएको हो । बैठकमा आगामी दसैंको अवसर पारेर भाग्यशाली चिट्ठा कार्यक्रम सन्चालन गरीने निर्णय गरियो । त्यस्तै संस्थामा केहि समय देखि रिक्त रहदैँ आएको पदपुर्ति गर्नुका साथै  विभिन्न कुरामा छलफल पनि गरिएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग