Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वास्नीको योनीमा ४ वर्ष ताला

Published on 2:54:00 AM //


भारतको मध्यप्रदेश स्थित इन्दौर जिल्लामा एक अनौठो घटना भएको छ । त्यहाँका एक जना पुरुषले आफ्नी पत्नीको गुप्तांगमा लगातार ४ वर्षसम्म तालाचाँबी मारेको घटना सार्वजनिक भएपछि सबै आश्चर्यमा परेका हुन् ।

पेशाले मेकानिक्स रहेका ३८ वर्षका सोहनलाल चौहानले आफ्नै पत्नीको योनीमा तालाचाँबी मारेको घटना तबमात्र सार्वजनिक भयो जब ती महिलाले आत्महत्या गर्ने प्रयास गरिन् । आफुले श्रीमतीको चाला ठिक नदेखेर यौनांगमा ताला ठोकिदिएको सोहनलाल बताउँछन् ।

ती पीडित महिलाका अनुसार सन् २००८ देखि उनको गुप्तांगमा दुइवटा ताला झुण्डिएको झुण्डिइ छन् । ४ वर्षअघि एक दिन अकस्मात लोग्नेले आफुलाई नशालु पदार्थ खुवाएर योनीको बाहिरी छालामा चारवटा प्वाल पारिदिएको र त्यसपछि हरेक दिन लोग्ने काममा जाँदा सोही प्वालबाट ताला ठोकिदिने गरेको उनले बताइन् । लोग्नेले उनको योनीको ताला ठोकिदिएर चाँबी आफ्नै बगलीमा राख्दोरहेछ ।

लोग्नेको यस्तो हिंसाबाट पीडित भएर सिताबाइले हालै आत्महत्याको प्रयास गरिन् । तर उनलाई स्थानीय मानिसले तत्कालै अस्पतालमा पूराएर बँचाए ।

अस्पतालमा उपचारको क्रममा उनको यौनांगमा दुइवटा चाँबी फेला परेका हुन् । त्यसपछि सोहनलाललाई पक्रिएर उनको साथबाट ती चाँबीका साँचो बरामद गरियो र योनीमा लगाइएका ताला खोलियो । प्रहरीले सोहनलालको साथबाट स्वास्नीको योनीमा प्वाल पार्न प्रयोग गरेको सियो पनि बरामद गरेको छ ।
-अन्लाईन खबर डट कम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग