Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ ः एमाले नेता ज्ञवाली

Published on 3:30:00 AM //

जनार्दन घिमिरे
गुल्मी, ७ साउन । एकीकृत नेकपा एमालेका पोलिट्व्यूरो सदस्य एवं पुर्व मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय सहमतिको संयुक्त सरकार वन्न नसक्नु अहिलेको सवैभन्दा ठुलो चुनौती रहेको वताउनुभएको छ । एकीकृत नेकपा माओवादी र मुलत प्रधानमन्त्री डा. वावुराम भट्टराईले स्थिरताको गंम्भिरता तथा सहमतिको आवश्यकतालाई वुझ्न नसक्नु र निरन्तर सत्तामा टाँसिरहने प्रवृति नै अहिले मुलुकको मुल चुनौती रहेको उहाँले दावी गर्नुभयो ।


आज नेकपा एमाले तमघास गुल्मीको कार्यालय परिसरमा स्थापना गरिएको मदन–आश्रित प्रतिमा अनावरण गरी नेपालको लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान विषयक अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्दै एमाले नेता ज्ञवालीले उक्त कुरा वताउनु भएको हो । उहाँले आफैले घोषणा गरेको संविधान सभाको निर्वाचन गर्न नसक्ने एउटा अयोग्य प्रधानमन्त्रीको रुपमा इतिहासमा कलंङ्कित हुनुभन्दा अघि नै राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गरेर सहज वातावरण वनाईदिन समेत आग्रह गर्नुभयो । नेता ज्ञवालीले १२ वुँदे सहमतिवाट शुरु भएको दलहरुको एकता अहिले ठुलो संकटमा परेको दावी गर्दै सहमतिको भत्किएको यात्रालाई कसरी पुनर्जीवन दिन तथा सुचारु गर्न सकिन्छ भनेर राष्ट्रिय सहमतिको सरकारलाई अनिवार्य प्रस्थान विन्दु वनाएर एमालेले धारणा अगाडी सारेको उहाँको भनाई थियो ।
एमाले नेता ज्ञवालीले नेपाली काँग्रेसले आफ्नो तर्फबाट किन उम्मेद्वार अगाडी सार्न सकेको भन्दै, यदी अहिलेको संकटको जिम्मेवारी लिन काँग्रेस तैयार नभए एमाले त्यसको जिम्मेवार लिन तैयार रहेको वताउँदै त्यसको नेतृत्व केपी ओलीले गर्ने जानकारी दिनु भयो । गत वैशाख २१ गते नै अवको सरकार नेपाली काँग्रेसको नेतृत्वमा वन्नुपर्छ भन्ने सवै राजनीतिक दलहरुले सहमति गरे को उल्लेख गर्दै नेता ज्ञवालीले यसतर्फ नेपाली काँग्रेस पनि गम्भिर वन्न आग्रह गर्नु भएको छ । ३४ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले गुल्मीले पुष्पलालको योगदानको स्मरण गर्दै अन्तर्कृया कार्यक्रमको आयोजना गरेको थियो ।
जिल्ला अध्यक्ष बोमवहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले लुम्बिनी अञ्चल इन्चार्ज, छबिलाल बिश्वकर्मा, एमाले केन्द्रिय सदस्य, पुर्व मन्त्री गोकर्णराज बिष्ट लगायतका एमाले नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपा एमाले तमघास गुल्मीको कार्यालय परिसरमा स्थापना गरिएको मदन–आश्रितको प्रतिमा अनावरण गर्दै नेता प्रदीप ज्ञवाली 






भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग