Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी घर भएका प्रहरी जवान स्याङ्जामा झुण्डिएर आत्महत्या

Published on 1:11:00 PM //


जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी जवान निमबहादुर कुँवरले आत्महत्या गरेका छन् । शनिवार साँझ ७ बजेतिर कोठाबाट निस्केका कुँवर जिल्ला प्रहरी कार्यालय नजिकैका त्रिभुवन आदर्श उच्च माध्यामिक विद्यालय परिसरमा रहेको श्रोत केन्द्रको कोठामा सलको पासो लगाएर भुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

गुल्मी जिल्ला म्यालकोट गाउँ विकास समिति वडा नं. ४, घर भएका कुँवर २५ वर्षिय कुँवर विगत डेढ वर्षदेखि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत थिए ।
गएको असार ३१ गतेदेखि सात दिने बिदामा बसेका कुँवरले घरायसी कारणले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । मृतक कुँवर विगत केहि समयदेखि बढि मात्रामा मादक पादर्थ पिउने गरेको प्रहरीले जानकारी दिएको छ ।

उनले किन आत्महत्या गरे भन्ने बारेमा थप अनुसन्धान भई रहेको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृतक कुँवरका एक श्रीमती र एक छोरी छन् । उनीहरु विगत डेढ वर्षदेखि स्याङ्जा सदरमुकाममै डेरा गरि बस्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एक प्रहरी अधिकृतका अनुसार मृत अवस्थामा भेटिएका कुँवरको हात र मुखमा रगत रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग