Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एनआरएन कप फिन्ल्यान्ड भलिबलको दुबै उपाधी रुद्रावतीलाई (फोटो फिचर सहित)

Published on 4:08:00 AM //



सन्जु काउछा मगर
फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजित एनआरएन कप भलिबल प्रतियोगिताको उपाधीमा महिला र पुरुष दुबै तर्फको उपाधी रुद्रावती क्लबले हात पारेको छ । अघिल्ला बर्षहरुको उपाधी जितिसकेको रुद्रावती "बी" ले यस बर्ष पनि उपाधिमा आफ्नो कब्जा कायम राख्दै लगातार तेस्रो पटक उपाधी जितेर रनिङ कप सधैंका लागि आफ्नो पोल्टामा पार्न सफल भएको हो । त्यसैगरी यसै बर्ष देखी शुरु गरिएको महिला तर्फको खेलमा रुद्रावती "सि"ले बिजय प्राप्त गरेको छ । गैर आवासिय नेपाली संघ, फिन्ल्याण्डले गत जुलाई २४ र २५ तारिखमा आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा रुद्रावती "बि" ले मिक्स ग्लोरी समुह र रुद्रावती "सि" ले एकता समुह माथि बिजय हासिल गर्दै उपाधी आफ्नो पोल्टामा परेका हुन ।  

अध्ययन, रोजगार र ब्यवसायका सिलसिलामा फिन्ल्यान्डमा बसोबास गर्दै आएका नेपालीहरुलाई एकत्रित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा पुरुष तर्फ ४ र महिला तर्फ २ गरी जम्मा छ समुहले भाग लिएका थिए। पहिलो दिनको खेल लिग चरणमा खेलाइएको थियो र उक्त चरणका बिजयी र रनर-अपहरुलाई समेटेर दोस्रो दिन फाइनल नकआउट प्रक्रियामा खेलाइएको थियो । लिग चरणको खेल बेस्ट अफ थ्रीमा र फाईनल बेस्ट अफ फाइभमा खेलाइएको थियो । अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक रहेको फाइनलमा खेलमा रुद्रावती बीले मिक्स ग्लोरी माथी ३-२ को जित हासिल गर्दै उपाधी रक्षा गर्न सफल भएको थियो । त्यसैगरी महिला तर्फको खेलमा रुद्रावती सिले एकता माथि  ३-० को अबिछिन्न जित हासिल गर्न सफल भएको थियो । प्रतियोगितामा फुरुषतर्फ मिक्स ग्लोरीका समुहका अनिल बानिँया र महिला तर्फ रुद्रावती "सि"की सम्झना भण्डारी उत्कृष्ट खेलाडी घोषित भएका थिए । "खेल अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक रह्यो", रुद्रावती बि का क्याप्टेन सुरज खरेलले बिजयी मुडमा गुल्मीन्युज डट कमसँग भने, "फाइनलमा हामी दुबै टिम एकदमै आक्रामक रुपमा प्रस्तुत भएका थियौँ, फाइनलमा मिक्स ग्लोरीले प्रस्तुत गरेको चुनौतिले हामीलाई आगामी बर्ष थप राम्रो गर्नै पर्ने बाध्यता खडा गरेको छ ।"
प्रतियोगिताका बिजयी समुहहरुलाई गैर आवासीय नेपाली संघ, फिन्ल्याण्डका अध्यक्ष डा.अरुण पोखरेल र उपाध्यक्ष देवी दत्त शर्माले संयुक्त रुपमा ट्रफी, मेडल तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो ।



(माथिका सम्पूर्ण तस्बिरहरु फेसबुकबाट लिईएका हुन । )

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग