पुर्व राजा ज्ञानेन्द्रले मनाए ६६ औँ जन्मदिन (भिडियो सहित)
Published on
11:17:00 PM //
(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।)
२३ असार, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो सुभेक्षुक तथा समर्थकसँग आफ्नो ६६ औं जन्मोत्सव मनाउनु भएको छ ।
ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिन निर्मल निबासमा विहानैबाट समर्थक तथा सर्वसाधरणको भिड लागेको थियो । शुभकामना दिन राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेता कार्यकर्ता र शिव सेना नेपालका कार्यकर्ता समेत निर्मल निवास पुग्नु भएको थियो ।

निर्मल निबास पुगेका सञ्चारकर्मीहरुसँग भने पूर्व राजाले कुनै प्रतिक्रिया दिन मान्नु भएन । उहाँका सहयोगी फणिराज पाठकले पूर्व राजाको पछिल्लो भनाई नै सही भएको बताउनु भयो ।
हालै मात्र एक अन्तरवार्तामा ज्ञानेन्द्रले जनआन्दोलनका क्रममा तत्कालिन ७ दलसँग राजतन्त्र राख्ने सम्झौता भएको भन्दै पुनः राजा हुने इच्छा व्यक्त गर्नु भएको थियो ।
अन्लाईनखबर डट कमबाट