Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घाम नलाग्दा मोबाईल टावर अवरुद्द, सेबाग्राही मर्कामा

Published on 3:30:00 AM //


मनोज बस्नेत
गुल्मी, असार २०
गुल्मीको धुर्कोट रजस्थल स्थित धुर्कोट कोटमा रहेको स्काई मोबाईलको टाबर अबरुद्ध हुदाँ सेवाग्राहीहरु सेवाबाट बन्चीत भएका छन् । टावरले काम नगर्दा जिल्लाको धुर्कोट रजस्थल, वस्तु, जैसीथोक, भन्भने, हाडहाडे, पिपलधारा, पुर्कोट लगाएतका स्थानका सेवाग्राहीहरु मर्कामा परेका छन् । केहि दिन यता घाम नलाग्दा सोलारले काम गर्न नसकेकोले सोलार प्रणालीबाट सञ्चालन भएको बन्द हुन पुगेको नेपाल टेलिकम गुल्मीका कार्यालय प्रमुख उमानाथ पोखे्रलले बताउनुभयो ।
झण्डै एक महिना देखि मोबाईलले टावर नटिपीरहेको गुल्मी पिपलधारा ४ का बिक्रम केसीले गुनासो गर्नुभयो । तर टेलीकम कार्यालयका प्रमुख पोखे्रलले भने त्यसो नभई लगभग एक हप्ता अघिबाट टाबर बन्द रहेको दाबी गर्नुभयो । टावर सञ्चालन गर्न तत्कालको लागी आफुहरुसगँ बिकल्प समेत नरहेको यद्यपी मौसम बदलीयर घाम लागेमा टावर स्वत सञ्चालमा आउने पोखे्रलको भनाई छ । टावर स्थलमा बिद्युत लाईन पुगी नसकेको हुदाँ बिद्युतीकरणको लागी त्यहाँको समुदायलाई जिम्मा दिईसकेको तर काम सम्पन्न हुन भने समय लाग्ने कार्यलय प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग