Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीवाट २ लाख वरावरको क्षति

Published on 3:32:00 AM //


पि.एम.मगर
गुल्मी, २० असार । गुल्मीको नयाँगाउँ गाविसका एक व्याक्तिको गोठमा आगलागी हुँदा करिव २ लाख वरावरको क्षति भएको छ । नयाँगाउँ गाविस वार्ड नं. ९ हर्राचौर निवासी नरवहादुर पुनको गोठमा आगलागी हुँदा एउटा लईना भैसी र पाडी गम्भिर घाईते भएको र वाँच्ने अवस्थामा नरहेको पीडित परिवारजनले जनाएको छ । त्यस्तै आगलागीमा परि अर्को एक भैसी र एक हल गोरु पनि गम्भिर घाईते अवस्थामा छन् । त्यस्तै गोठमा राखिएको घाँस, काठ, दाउरा सवै जलेर पुर्णरुपमा नष्ट भएको पीडित नरवहादुर पुनले वताउनुभयो । आगो विहान करिव साढे ८ वजेतिर लागेको र आगलागीको कारण भने खुल्न सकेको छैन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग