Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छ जना श्रीमतीले बलात्कार गर्दा ब्यापारी श्रीमानको मृत्‍यु

Published on 3:24:00 AM //


साउन १० , एजेन्सी । नाइजेरियाका एक व्यापारीलाई उनका ६ जना श्रीमतीले बलात्कार गरेर मारेका छन् । नाइजेरिया स्थित बेन्यु राज्यका युरोको ओनोजाका ६ जना श्रीमती रहेका थिए । ओनोजाका छ जना श्रीमतीहरुले बलात्कार गर्दा मृ्त्यु भएको हो ।

सबैभन्दा कान्छी श्रीमतीसँग बस्दै आएका उनलाई अन्य पाँच श्रीमतीले आफूहरुको पनि यौनचाहना मेटाइदिन भन्दै बलात्कार गरेका थिए । चक्कु तथा लौरो देखाएर आफूहरू सबै जनाको यौनचाहना मेटाइदिन दवाव दिँदै बलात्कार गरेपछी उनको मृ्त्यु भएको नाइजेरियाली अन्लाइन पत्रीका ‘डेली पोष्ट डट एनजे’ ले जनाएको छ । पत्रिकाले जनाए अनुसार गत जुलाई १७ तारिखका दिन बिहान करिब ३ बजे तिर ओनोजा कान्छी श्रीमतीसँग ओछ्यानमा जाने क्रममा  ओनोजा घर फर्केर कान्छी श्रीमतिको कोठामा छिरेपछी अन्य श्रीमतीहरू पनि चक्कु र लौरो सहित उनको कोठामा छिरी आफूहरू सबैको यौनचाहना एकसाथ पूरा गर्न भन्दै आफ्नै श्रीमानलाई दबाब दिएका थिए । कान्छी श्रीमतीबाट सुरु गरी सोही अनुरुप क्रमश जेठी श्रीमती सम्म एकसाथ यौनसंपर्क राख्नुपर्ने उनिहरुको माग थियो ।
चार श्रीमतीसँग म्याराथुन सेक्स गरी पाँचौ श्रीमतीसँग शुरु गर्ने क्रममा ओनोजाको एक्कासी मृत्‍यु भएको डेली पोस्टले जनाएको छ । पत्रीकाले यो रिपोर्ट पार्दा सम्मा घटनाको दोषी मध्ये ओनोजाको दुई श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य ३ जना फरार रहेका छन् ।
यसरी पाँचजनासँगको सेक्सका दौरान ओनोजाले सास फेर्न छाडे र उनले सधैका लागी यो संसारबाट बिदा लिए । ओनोजाकी सबैभन्दा कान्छी श्रीमतीका अनुसार पाँचै जना श्रीमतीहरू ओनोजा मरेको थाहा पाएपछी जंगलतर्फ भागेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग